अमेरिकाको न्यु अल्बनी सहरले गर्‍यो हिन्दू हेरिटेज मन्थको घोषणा 

अमेरिकाको न्यु अल्बनी सहरले गर्‍यो हिन्दू हेरिटेज मन्थको घोषणा 

 

न्यु योर्क –  अमेरिकाको न्यु अल्बनी सहरले अक्टोबर महिनालाई हिन्दू हेरिटेज मन्थको रूपमा मनाउने भएको छ । नेपाली समुदायको बाक्लो उपस्थिति रहेको ओहायो राज्यको न्यु अल्बनीमा आयोजित  तिहार तथा छठ विशेष कार्यक्रममा मेयर स्लोएन स्पेल्डिंगले यस्तो घोषणा गर्नु भएको हो ।

नेपाल सरकारका अवैतनिक वाणिज्य दूत डा.दामोदर पौडेलको विशेष आतिथ्य रहेको कार्यक्रममा मेयर स्लोएन स्पेल्डिंगले नगरको बहु साँस्कृतिक नीति माथि प्रकाश पार्दै हिन्दू हेरिटेज मन्थको घोषणा पत्र पढेर सुनाउनु भएको थियो ।

भारतीय मूलका नागरिकहरूको समेत सहभागिता रहेको कार्यक्रममा वाणिज्य दूत डा.पौडेलले नेपालमा तिहार, दीपावली र भारतमा दिवाली भनेर मनाइने पर्वले अमेरिकामा विभिन्न समुदाय जोडने सांस्कृतिक पुलको काम गरेको बताउनु भयो । कार्यक्रममा नेपाली मूलकी आरती शर्माको टोलीले भैली सहितका नृत्यहरू प्रस्तुत गरिएको थियो ।

त्यसैसरि भारतीय हिन्दु मन्दिर कोलम्बसमा घाट नै बनाएर नेपाली र भारतीय समुदायले सामूहिक छठ मनाएका छन् ।

नेपालको जनकपुरमै मनाएको जस्तो झल्को दिएको छठ कार्यक्रममा कोलम्बसस्थित स्थानीय अस्पतालमा कार्यरत डा. सज्नु महतोले आफूहरुले जनकपुरमा रहँदा मनाएको जस्तै अनुभव भएको बताउनु भयो ।।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  पोखरामा ७० वर्षमाथिका जेष्ठ नागरिकका लागि पहिलो पटक वाकिङ फुटबल प्रतियोगिता आयोजना गरिँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 5   +   1   =