प्रेस चौतारी नेपालका अध्यक्ष पाण्डेको बेशीशहरस्थित घरमा ढुंगा हान्ने तीन जना युवा पक्राउ

लमजुङ । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेको लमजुङ सदरमुकाम बेशीशहरमा रहेको घरमा ढुंगा हान्ने तीन जना युवा पक्राउ परेका छन्।
पत्रकार पाण्डेको घरमा ढुंगा हानेको आरोपमा प्रहरीले १८ वर्ष उमेरका तीन जना युवाहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा बेशिशहर –८ का आयुष आलेमगर तथा प्रदिप तामाङ र बेंशीशहर–१० का योगेश तामाङ रहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जानकारी दिएको छ।
उनीहरुले गएराती हानेको ढुंगाले लागेर पत्रकार पाण्डेको घरको झ्याल तथा बेसिशहर–८ झ्याङखोला स्थित लक्ष्मीनारायण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको भवनको पछाडिको झ्याल फुटेको बताइएको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19934, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष १३, आईतवार ०७:१९महोत्सवमा लेखनाथको सम्झनामा अभिनन्दन
समाचार२०८२ पुष १२, शनिबार २२:३४हेमजा नेवा: खलको अध्यक्षमा सुरेन्द्र श्रेष्ठ
समाचार२०८२ पुष १२, शनिबार २२:१७चलचित्र पत्रकार संघ नेपाल कास्कीकाे अध्यक्षमा सन्तोष,सचिवमा सुरेश
समाचार२०८२ पुष ११, शुक्रबार २२:४८२७ औँ सडक महोत्सव आइतबारदेखि







