ललितपुर ‘संगीतको रचनात्मक सहर’ घोषित, युनेस्कोबाट ऐतिहासिक सम्मान

काठमाडौँ । नेपालको सांस्कृतिक राजधानीका रूपमा परिचित ललितपुर महानगरले अन्तर्राष्ट्रिय स्तरमा अर्को परिचय पाएको छ ‘युनेस्को संगीतको रचनात्मक सहर’।
संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले विश्व सहर दिवस–२०२५ को अवसरमा ललितपुरलाई यो प्रतिष्ठित उपाधि प्रदान गरेको हो।
युनेस्कोले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो सम्मान ललितपुरको जीवन्त सांगीतिक परम्परा र सिर्जनशीलतालाई दिगो सहरी विकासको आधारका रूपमा स्थापित गर्ने प्रतिबद्धताको कदर हो।”
संस्थाले थप उल्लेख गरेको छ, “यो उपलब्धि केवल ललितपुरका कलाकार र नागरिकहरूको मात्र नभई सम्पूर्ण नेपालको गर्वको क्षण हो।”
नेपालमा अब दुई युनेस्को ‘रचनात्मक सहर’ रहेका छन् काठमाडौं (फिल्मको रचनात्मक सहर) र ललितपुर (संगीतको रचनात्मक सहर)।
सन् २००४ मा सुरु गरिएको युनेस्को क्रिएटिभ सिटिज नेटवर्क (UCCN) ले सहरहरूबीच सांस्कृतिक, आर्थिक, र सामाजिक सहकार्यलाई प्रवर्द्धन गर्दै सिर्जनशीलतालाई दिगो विकासको माध्यम बनाउने उद्देश्य राखेको छ।
ललितपुरसँगै यस वर्ष युक्रेनको राजधानी किभ, बेल्जियमको लिज, अमेरिकाको न्यू अर्लिन्स, मोन्टेनेग्रोको निकसिक, र चीनको उक्सी लगायतका सहरहरू पनि ‘संगीतका रचनात्मक सहर’ का रूपमा घोषित भएका छन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ८, शुक्रबार ११:१५चलचित्र ‘कुम्भ’ को रोमान्टिक गीत ‘स्पर्श’ सार्वजनिक
समाचार२०८३ जेष्ठ ८, शुक्रबार ०६:२७आजको मौसमःबागमती सहित ६ प्रदेशमा बर्षाको सम्भावना
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ७, बिहीबार १४:२०तत्काल ‘राष्ट्रिय ट्रमा नीति’ बनाउन सांसद कार्कीको माग
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ७, बिहीबार १२:४१ओएनएम सर्वे नहुँदा ‘प्रादेशिक अस्पताल’ समस्यामा









