नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय) नलिनिकान्त भैश्यकका ‘हेरिटेज इन्डिया’ शीर्षकमा काठमाडौँमा छविचित्रहरू (फोटाहरू)को एकल प्रदर्शनी गरिएको छ ।
काठमाडौँको बबरमहलस्थित नेपाल कला परिषद्मा आयोजना गरिएको उक्त तीन दिने एकल फोटो प्रदर्शनीले नेपालीहरूलाई भारतीय सम्पदाबारे ज्ञान हासिल गर्न सहयोग पुगेको सहभागी अवलोकनकर्ताले प्रतिक्रिया दिएका छन् ।
प्रदर्शनी अवलोकन गर्दै नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका पूर्व उपकुलपति गोपाल चित्रकारले परिषद्को प्रदर्शनी दीर्घामा राखिएका तस्बीरस्तरीय रहेको र नेपालका कला, संस्कृति र सम्पदा सन्दर्भमासमेत यस प्रकारका प्रदर्शनीको परम्परा नियमितता बन्न सकेमा फलदायी रहने प्रतिक्रिया दिनुभयो ।
उक्त प्रदर्शनीमा भारतका विभिन्न स्थानमा रहेका कला, संस्कृति तथा सम्पदा विषयसँग सम्बन्धित ३२ थान अत्यन्त कलात्मक र महत्वपूर्ण छविचित्रहरू समावेश गरिएका छन् । छविकार भैश्यकका अनुसार प्रर्दर्शित छविचित्रहरू नेपाल र भारत दुवै देशको सांस्कृतिक पक्ष समान प्रकृतिको भएको र सो सन्दर्भमा नेपालमासमेत भारतको सांस्कृतिक स्थितिलाई प्रकाशित गर्न पाउनु गरिमाको विषय भएको बताउनुभयो ।
भैश्यक गुजरात राज्यका तर्फबाट पटकपटक सम्मानित व्यक्तित्वका रूपमा रहनुभएको छ । निकुञ्ज व्वाइका रूपमा चिनिनुभएका भैश्यक भारतमा गौरब पुरस्कारबाट सम्मानित हुनुभएको छ ।
यस प्रदर्शनीमा भारतको ११ राष्ट्रका सबै धर्मका संस्कृति, आर्किटेक, पत्थर र काष्टकला देखाउनुभएको छ । उहाँले यसरी आठवटा एकल फोटो प्रदर्शनी गरिसक्नुभएको छ । यहाँ भारतका चर्र्तित सम्पदा ताजमहल, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गाउँ गुजरातको एक महत्त्वपूर्ण र कलात्मक गेट, भारतको लालकिल्ला, इन्डोलामहल, तामिलनाडुका गणेश र विष्णु, चेन्याइका मिनाक्षी मन्दिर, मैशासुर राक्षसको बध, मङ्गेश मन्दिर, इन्डिया गेट, रथ आकारको उडिसाको सन टेम्पिल, पद्मावती प्यालेस, बोधगया, जयपुुरको जल महललगायतका सम्पदाहरू प्रदर्शन गरिएको थियो ।
प्रदर्शनी अवलोकनमा नेपालका चित्रकार तथा लेखक रतनकुमार राईसहित नेपालका छविचित्र क्षेत्रका अधिकांश विशिष्ठ छविकारहरूको बाक्लो उपस्थिति रहेको थियो । प्रदर्शनी संयोजक नेपालका वरिष्ठ चित्रकार र कला समालोचक नगेन्द्रप्रसाद पौड्यालले ऐतिहासिक तस्वीर प्रदर्शनको संयोजन गर्न पाउँदा खुसी व्यक्ति गर्नुभयो ।
उहाँले फोटोग्राफीको सैद्धान्तिक पक्ष, प्राविधिक पक्ष वा छायाँ र प्रकाशका विषयका साथै विषयवस्तु छनोटका हिसाबले हेर्दा उत्कृष्ट रहेको र नेपाली फोटोग्राफरका लागि पनि सिकाइ भएको अनुभव सुनाउनुभयो ।
अग्रजहरू किरण चित्रकार, राजेन्द्र चित्रकार, श्याम चित्रकार, मिनरत्न बज्राचार्य, विकास रौनियार, हरिवंश किराँतलगायतको उक्त प्रदर्शनीको प्रशांसा गर्नुभएको उहाँले अनुभव सु्नाउनुभयो । यही कात्तिक १६ गतेदेखि आयोजना गरिएको फोटो प्रदर्शनी आज एक समारोकाबीच समापन गरिएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक १९, मंगलवार २१:२८माओत्से गुरूङको ‘पेन्सन पट्टा’ वितरण आरआर फिल्म्समार्फत
समाचार२०८२ कार्तिक १९, मंगलवार २०:४४नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन
समाचार२०८२ कार्तिक १९, मंगलवार १६:२१दश जना प्रमुख सेनानीलाई महासेनानीमा बढुवा गर्ने निर्णय
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक १९, मंगलवार १३:२१‘पाँच पाण्डव’ को शुभमुहूर्त,हरिवंश र दीपा श्री मुख्य भूमिकामा







