चलचित्र ‘कंगाल करोडपति’ निर्माण हुने

चलचित्र ‘कंगाल करोडपति’ निर्माण हुने

काठमाडौं। सिनेमा पाठशालाको ब्यानरमा नयाँ नेपाली चलचित्र ‘कंगाल करोडपति’ निर्माण हुने भएको छ । आज राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै चलचित्र निर्माण घोषणा गरिएको हो। राजु श्रेष्ठको निर्माण तथा निर्देशन रहने छ। लामो समय देखि चलचित्र क्षेत्रमा सक्रिय श्रेष्ठको डेब्यु सिनेमा ‘कंगाल करोडपति’ को निर्माता कैफ खान रहेका छन् । कथा, पटकथा र संवाद सुमन गजमेरले लेखेका हुन्।

चलचित्रमा उमर खान र पदम लोहार मुख्य भूमिकामा देखिनेछन् भने कार्यकारी निर्माता मनोज केसी रहेका छन्। चलचित्र अन्य कलाकार खोजि कार्य भई रहेको निर्देशक श्रेष्ठले बताए

निर्माण टिमका अनुसार चलचित्र फागुन महिनाबाट छायांकनमा जाने तयारी भइरहेको छ। एउटा सामान्य मान्छे करोडपति र करोडपति कंगाल बन्दाको अवस्था चलचित्रमा समट्ने निर्माण टिमले बताए।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 8   +   10   =  

Protected by Spam Master