राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी र रास्ट्रिय स्वतन्त्र पार्टीका युवा नेताहरू पोखरामा पक्राउ परेका छन् ।
राप्रपाका केन्द्रीय सदस्य अर्जुन खनाल र रास्वपाका स्थानीय नेता विक्रम पाण्डे (अभिमन्यू) मंगलबार पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय, कास्कीले जेन–जी आन्दोलनका क्रममा आगजनी तथा तोडफोडमा संलग्न भएको आरोपमा छानविनका लागि पक्राउ गरेको जनाएको छ ।
आन्दोलनमा ठूलो भौतिक क्षति व्यहोरेका गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री तथा काँग्रेस नेता विन्दु कुमार थापाको जाहेरीपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको बताएको छ ।
थापाको जाहेरीपछि राप्रपाका नेता खनाल पक्राउ परेको भन्दै राप्रपाका अर्का युवा केन्द्रीय सदस्य अरुण गिरीले सामाजिक सञ्जालमा विरोध गरेका छन् ।
पाण्डेको विषयमा बुझ्न जिल्ला प्रहरी कार्यालय जाँदा प्रहरीले ‘तपाईँ विरुद्ध पनि उजुरी छ’ भन्दै खनाललाई नियन्त्रणमा लिएको हो ।
रास्वपाका पाण्डेमाथि पोखरामा माइकिङ गर्दै विभिन्न व्यक्तिको घर तोडफोडका निम्ति अपिल गरेको आरोप लागेको छ ।
पृथ्वीचोकमा रहेको शहीद लखन थापाको शालिक फुटाउनेसँगै व्यवसायी थापा परिवारको घरमा आगजनी गर्नेसम्मको भूमिकामा उनी सक्रिय रहेको कास्की प्रहरी बताउँछ । मंगलबार बिहान उनी पक्राउ परेका हुन् ।
पक्राउ परेकाहरु आन्दोलनमा संग्लग्न भएको तस्वीर, भिडियोसहितका प्रमाण संकलन गरेको प्रहरीले जनाएको छ ।
पाण्डेले प्रहरीले पक्राउ गरेको भन्दै लगातार दुई फेसबुक स्टाटस लेखेर डिलिट गरेका छन् ।
उनले जेन-जी आन्दोलनबारे सोधपुछ भनेर आफूलाई पक्राउ गरेको लेखेका थिए । लगत्तै पाण्डेले बिन्दु कुमार थापाको जाहेरीका आधारमा आफूलाई पक्राउ गरिएको र जहाँ आफू २ जना प्रहरीलाई जोगाउन पुगेको भनेर फेसबुकमा लेखेका थिए ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20004, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ कार्तिक २७, बुधबार १६:००बिहिबारदेखि पोखरामा हुने अन्तर्राष्ट्रिय इन्डुरो प्रतियोगिताको तयारी पूरा,८ देशका ५० खेलाडी सहभागि हुने
समाचार२०८२ कार्तिक २७, बुधबार १०:३३राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
समाचार२०८२ कार्तिक २५, सोमबार २०:४९नवौं पोखरा स्पोर्ट्स अवार्डको आय व्यय सार्वजनिक
समाचार२०८२ कार्तिक २४, आईतवार १६:०३संवाद र सञ्चारमा स्वजागरणः सुख, शान्ति र समृद्धिको जागरण कार्यक्रम सम्पन्न






