‘मन बिनको धन’ को “बा आमा” गीत सार्वजनिक

काठमाडौँ। गत शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको चलचित्र ‘मन बिनको धन’ को नयाँ गीत “बा आमा” सार्वजनिक गरिएको छ। भावनात्मक गीतमा गायक अशोक दर्जी र ए.आर. बुढाथोकीको स्वर रहेको छ भने संगीत तथा एरेन्ज टंक बुढाथोकीले गरेका छन्। गीतका शब्द शंकर आचार्यले लेखेका हुन्।
फिल्मको रिलिजसँगै सार्वजनिक गरिएको यस गीतले आमाबुबाप्रतिको माया, कर्तव्य र आत्मीय सम्बन्धलाई स्पर्श गर्ने भाव बोकेको छ। गीत सार्वजनिक भएसँगै दर्शकले सामाजिक सञ्जालमा मन छुने प्रतिक्रिया दिइरहेका छन्।
देशभरका हलमा प्रदर्शन भईरहेको फिल्मले दर्शकको माया पाइरहेको छ। पहिलो दिनदेखि नै जेन जेड पुस्तादेखि ज्येष्ठ नागरिकसम्म हलमा उपस्थिति देखिएको छ। हल भिजिटका क्रममा कलाकार अशोक दर्जीलाई दर्शकले अँगालो हाल्दै रुँदै स्वागत गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल बनेको छ। स्कुले विद्यार्थीदेखि उनीहरूका अभिभावकसम्म फिल्मबाट प्रभावित भएर हलबाट आँसु पुछ्दै निस्किएको दृश्यले फिल्मको प्रभाव देखाएको छ।
निर्माण टिम देशभरका हलहरूमा पुगेर दर्शकको प्रतिक्रिया संकलन गरिरहेको छ। पहिलो दिनमा ९५ शो पाएको फिल्मले हाल १२५ बढी शो पाउँदै हाउसफुल प्रदर्शन कायम राखेको छ।
फिल्ममा अशोक दर्जी, सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्धि तामाङ, रवीन्द्र झा, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, ए.आर. बुढाथोकी र बाबु पराजुली लगायतका कलाकारको अभिनय रहेको छ।
टंक बुढाथोकीको निर्माण र निर्देशनमा बनेको फिल्मको कथा उनले स्वयं लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले तयार पारेका हुन्।
फिल्मको निर्माण विष्णुमाया मैनालीले गरेकी हुन्, कार्यकारी निर्माता मिनु शर्मा (सपना) हुन् भने जी.पी. संग्रोला, बिबेक नेपाल र विजया पाण्डे सहनिर्मातामा रहेका छन्।
फिल्मका क्रिएटिभ निर्देशक टिकाराम बुढाथोकी, छायांकन सौरभ लामा, कोरियोग्राफी कविराज गहतराज र रामजी लामिछाने, सम्पादन मित्र डी. गुरुङ र मुख्य सहायक निर्देशन नवराज शर्माको रहेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ बैशाख ३, बिहीबार २०:१५केएमसीलाई मस्तिष्कसम्बन्धी जटिल रोगको उपचारमा अर्को सफलता
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ३, बिहीबार १८:४८पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सव ‘NERUFF’ को पत्रकार सम्मेलन सम्पन्न
खेलकुद२०८३ बैशाख ३, बिहीबार १६:०९परवानीपुर गोल्डकपः शनिबारदेखि सुरु हुने
कला, विचार/मनोरञ्जन२०८३ बैशाख २, बुधबार २२:३२‘जेरी : द लास्ट क्लाइम्ब’मा अनमोलको इन्ट्री








