बालेन शाहको यूट्युबबाट आयो ‘झरिपछिको इन्द्रेणी’ को गीत

बालेन शाहको यूट्युबबाट आयो ‘झरिपछिको इन्द्रेणी’ को गीत

काठमाडौं। सिनेमा ‘झरिपछिको इन्द्रेणी’ को ‘फसायो लमी’ले बोलको गीत रिलिज भएको छ। अर्जुन घिमिरे पाँडे निर्देशित सिनेमाको गीतमा रमेश उप्रेती, दिपाश्री निरौला, अञ्जली अधिकारी र प्रदीप लामासहितका कलाकार रहेका छन् l अधिकारी र लामा गीतमा मात्र देखिएका हुन् । समीक्षा अधिकारी र वसन्त थापाको युगल स्वर रहेको गीतको शब्द, सङ्गीत संयोजन रमेश परियारले गरेका छन्।

मौसम हिमालीको नृत्य निर्देशन रहेको सिनेमाको छायांकार बुद्ध थापा हुन्। अनिशा सेन्दाङ लिम्बु निर्मात्री, अनु थापा, पंकज खड्का,राम कार्की र सुबास शर्मा को सह–निर्माता तथा लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल रहेको फिल्मलाई नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको हो। यहि सिनेमाको लागि अभिनेता गणेश उप्रेती अमेरिकाबाट नेपालमा सुटिङका लागि लामो समयपछि फर्किएका थिए।

उप्रेती सहित रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे, प्रियना आचार्य, अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राईलगायतको अभिनय रहेको छ। यहि सिनेमाबाट कलाकार विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यू गर्दैछन्। बाल कलाकारमा दिप्सन चिलवालको पनि अभिनय रहेको छ । निर्देशक घिमिरेको कथा पटकथा र संवादमा गणेश कार्की, विशाल घिमिरेको पनि योगदान रहेको निर्माण पक्षले जनाएको छ। सिनेमा ‘झरिपछिको इन्द्रेणी’ पुस ४ मा रिलिज हुने भएको छ । फिल्मले आफ्नो पहिलो गीत काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहको यूट्युबबाट रिलिज गरेको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  चलचित्र ‘मालती मंगले’ लाई सबै दर्शकले हेर्न मिल्ने
लेखकसँग सम्बन्धित खबरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 3   +   10   =  

Protected by Spam Master