‘अभिमन्यु : च्याप्टर १’ मंसिर १८ गते

काठमाडौं। लामो समयदेखि प्रदर्शन मिति सारिँदै आएको चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ मंसिर १८ गतेबाट देशव्यापी रूपमा प्रदर्शनमा आउने भएको छ। दर्शकले प्रतीक्षा गरिरहेको यो चलचित्रले नयाँ मिति घोषणा संगै आफ्नो नयाँ पोस्टर पनि सार्वजनिक गरेको छ।
पोस्टरमा चलचित्रका प्रमुख कलाकार कामेश्वर चौरसिया, लक्ष्मी बर्देबा, किरण श्रेष्ठ, सरिता गिरी, शिशिर बाङदेल, गौमाया गुरुङ, प्रकाश दाहाल लगायत लगभग सम्पूर्ण टिमलाई प्रस्तुत गरेको छ। सबै कलाकार आफ्ना क्यारेक्टर लुक्समा देखिन्छन्। कामेश्वरलाई साइकलमा प्रस्तुत गरिएको छ भने अन्य कलाकार पनि भूमिकाअनुसारको विशिष्ट हुलियामा छन्, जसले फिल्ममा उनीहरूले निभाएको चरित्रको स्पष्ट झल्को दिन्छ।
सेभेन सिज सिनेमाको प्रस्तुतिमा बनेको यो फिल्म नेपाली र हिन्दी दुवै भाषामा नेपाल, भारत तथा विश्वका अन्य स्थानमा एकैसाथ प्रदर्शनमा आउँदैछ।
निर्माणपक्षका अनुसार फिल्म प्राविधिक रूपमा सबल र कथानक हिसाबले दमदार छ। तराईको जीवन–यथार्थलाई कथाको केन्द्रमा राखिएको यसमा कामेश्वर र लक्ष्मीको लुकले पनि तराईको परिवेश र कथालाई प्रस्ट संकेत गर्छ।
फिल्मको निर्देशन सुशान्त गौतमले गरेका छन् भने क्रिएटिभ निर्देशकमा मदन थापा रहेका छन्। कथालाई मुकेश खनालले लेखेका छन्।
निर्माणतर्फ विनोद पौडेल र गुञ्जन गिरी निर्माता हुन्। रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको यो परियोजनामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ कार्यकारी निर्माता छन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना
समाचार२०८३ जेष्ठ १, शुक्रबार २०:२४५१ किलो अफिमसहित १ जना पक्राउ
समाचार२०८३ जेष्ठ १, शुक्रबार १८:५९धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
खेलकुद२०८३ जेष्ठ १, शुक्रबार १५:३६राखेपले फुकुवा गर्यो एन्फामाथिको निलम्बन









