चितवनका स्कुल–कलेजदेखि मेला–महोत्सवसम्म ‘हर्ष’को धमाधम प्रचार

काठमाडौँ। मंसिर १२ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको सिनेमा ‘हर्ष’ को प्रचार–प्रसार अभियानले चितवनलाई केन्द्र बनाएको छ। निर्देशक एकता पौडेलको जन्मथलोसमेत रहेको चितवनमा निर्माण टिमले स्कुल–कलेज, विभिन्न महोत्सव र सार्वजनिक स्थलहरूमा पुगेर फिल्मबारे व्यापक जानकारी गराइरहेका छन्।
आज बिहान टिमले चितवनमा पत्रकार सम्मेलन गर्दै फिल्मका विशेष पक्ष, तयार प्रक्रियादेखि प्रदर्शन योजनासम्मका विषयबारे जानकारी गरायो। पत्रकार भेटघाटपछि कलाकार र निर्देशक चितवनका विभिन्न शैक्षिक संस्थामा पुगे र विद्यार्थीसँग संवाद गर्दै ‘हर्ष’को बारेमा उत्साहपूर्वक जानकारी साझा गरे।
त्यसपछि टिम खेलकुद तथा वृहत व्यापारिक महोत्सव–२०८२ मा सहभागी हुँदै दर्शकसँग प्रत्यक्ष भेटघाट गर्न पुगेको थियो।
चितवनमा आयोजित कार्यक्रममा निर्देशक एकता पौडेल, कलाकार वर्षा राउत, सन्तोष पन्त, साइमन वादी, र कोरियोग्राफर सुनिल क्षेत्रीले फिल्मबारे आफ्नो अनुभव र अपेक्षाहरू व्यक्त गरे।
डेब्यु निर्देशक पौडेलले चितवनवासीप्रति विशेष भावनात्मक सञ्चार गर्दै भनिन् “म चितवनकी चेली हुँ। धेरै मिहिनेतले बनाएको ‘हर्ष’लाई यही भूमिबाट माया र साथ पाउने अपेक्षा छ।” मुख्य अभिनेत्री वर्षा राउतले फिल्मलाई ‘पूर्णतः पारिवारिक र भावना भरिएको कथा’ भएको बताउँदै सबै उमेरका दर्शकले मन पराउने विश्वास व्यक्त गरिन्।
कलाकार सन्तोष पन्तले महिला निर्देशकले प्रस्तुत गरेको परिश्रम र दृष्टिकोण प्रशंसनीय रहेको उल्लेख गर्दै दर्शकलाई सिनेमालाई साथ दिन अपिल गरे। कोरियोग्राफर सुनिल क्षेत्रीले चितवन महोत्सवमा विशेष प्रस्तुति सहित सहभागी भएको बताए।
चितवनमै सम्पूर्ण छायांकन गरिएको ‘हर्ष’ भावनात्मक, पारिवारिक र सम्बन्धकेन्द्रित कथामा आधारित छ। फिल्ममा खगेन्द्र लामिछाने, वर्षा राउत, निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधरलगायतका कलाकारको दमदार अभिनय समावेश छ।
छायांकन आलोक शुक्ला, संगीत समीर–हिमाल, वसन्त सापकोटा र एलिश कार्का, सम्पादन लोकेश बज्राचार्य, कोरियोग्राफी सुनिल क्षेत्री र निर्देशक पौडेलले सम्हालेका छन्।
अष्टलक्ष्मी प्रोडक्सन्स र ई–प्राइम मुभिजको संयुक्त ब्यानरमा बनेको फिल्मको कथा स्वयं निर्देशक पौडेलले लेखेकी हुन्। निर्माता प्रशन्न पौडेल र विकास पौडेल, कार्यकारी निर्माता हिक्मत चोखाल, र प्रोडक्सन म्यानेजर इश्वर घिमिरे, मुख्य सहायक निर्देशक कुलदीप शर्मा रहेका छन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १२, शनिबार १८:००तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न
समाचार२०८३ बैशाख १२, शनिबार ०७:४३नेपाल–बङ्गलादेश आर्थिक सहकार्य प्रवर्द्धनमा जोड
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ११, शुक्रबार २३:२१‘माया भनेकै यस्तो होला’ भदौ २६ मा रिलिज, रेखा थापाको निर्देशनमा कमब्याक
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ११, शुक्रबार २३:११‘लालीबजार’को ‘मै राम्री छु त नी’ गीतको अंश सार्वजनिक








