पोखरामा आजदेखि प्रवचन दिँदै घनश्यामदासजी महाराज

पोखरा ।
राधा माधव समिति नेपालका संरक्षक घनश्यामदासजी महाराजले पहिलो पटक पोखरामा प्रवचन दिने भएका छन् । राधा माधव समिति नेपालको आयोजनामा आजदेखि मंगलबारसम्म बजेसम्म पोखरामा कार्यक्रम हुने तय भएको हो ।
तीन दिन उनले दिउँसो ३ बजेदेखि साढे ५ बजेसम्म प्रवचन दिने आयोजकले जनाएको छ । घनश्यामदास जगद्गुरु कृपालुजी महाराजका जेठा छोरासमेत हुन् । निशुल्क प्रवेश पाइने प्रवचनअघि मंसिर १ गते पोखरा सभागृहबाट न्युरोड, चिप्लेढुंगा, सिद्धार्थचोक हुँदै सिर्जनाचोकसम्म रथयात्रा हुने कार्यक्रमकी व्यवस्थापक अस्मिता भण्डारीले जानकारी दिइन् ।
पोखरामा पहिलो पटक यस खालको कार्यक्रम भएकाले लाभ लिन आयोजकले अनुरोध गरेको छ । ‘वृन्दावनमा रहेको ज्ञानको रस यहाँका साधकहरुले पनि प्राप्त गरुन् भनी कार्यक्रम आयोजना गरिएको हो, हामी समयमै उपस्थित भई कार्यक्रमको लाभ लिन आग्रह गर्दछौँ,’ व्यवस्थापक भण्डारीले भनिन् ।
राधे राधे नामले चिनिने राधा माधव समिति नेपालका पोखराका लेखनाथ, रामबजार र न्युरोड गरी ३ केन्द्र छन् । सिर्जनाचोकमा कार्यक्रम हुने हलको क्षमता एक हजार तीन सयमात्र भएकाले समयमै उपस्थित हुन कार्यक्रम संयोजक हरि लामिछानेले आग्रह गरे । पोखरामा मात्र यसका ८ हजार साधक छन् ।
घनश्याम दासजी महाराज दिव्य सन्त हुन् । संस्कृत भाषाको प्रारम्भिक अध्ययन गुरुकुलबाट सुरु गरेका उनले दर्शनशास्त्रमा एमए र विधिशास्त्रमा स्नातक गरेका छन् । चारै वेद, गीता, भागवत, अठार पुराण, रामायण तथा अन्य अनगिन्ती शास्त्रको अद्भुत ज्ञान उनका प्रवचनमा पाइन्छ ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20029, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन ९, शनिबार २०:२४१२ वर्षपछि सहाराको कमब्याक:२५औं आहारारा पोखरा गोल्डकपको उपाधि आयोजक सहारालाई
समाचार२०८२ फाल्गुन ८, शुक्रबार २२:५४शनिबार आहा रारा पोखरा गोल्डकपको फाइनल,जावलाखेल र आयोजक सहारा क्लब वीच राेचक भिडन्त
समाचार२०८२ फाल्गुन ८, शुक्रबार १२:५७गण्डकी प्रदेशका ५५ उत्कृष्ट ग्रामीण उद्यमीका लागि नेतृत्व तथा व्यवस्थापन कार्यशाला सम्पन्न
समाचार२०८२ फाल्गुन ७, बिहीबार २१:४६जन्मदिनको खर्च रकम फोटो पत्रकारलाई सहयोग







