सतर्कता केन्द्रलाई प्रभावकारी रुपमा काम गर्न प्रधानमन्त्रीको निर्देशन

सतर्कता केन्द्रलाई प्रभावकारी रुपमा काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सतर्कता केन्द्रलाई प्रभावकारी रुपमा काम गर्न निर्देशन दिनुभएको छ ।

केन्द्रका सचिव सरजुकुमार वैद्यसँगको छलफलमा आज उहाँले जेन-जी आन्दोलन नै भ्रष्टाचारविरुद्धको आन्दोलन भएकाले त्यसमा सतर्कता केन्द्रले प्रभावकारी रुपमा काम गर्नुपर्ने बताउनुभएको हो ।

प्रधानमन्त्री कार्कीले निर्देशन दिँदै उहाँलाई सार्वजनिक निकायहरुबाट हुने ढिलासुस्ती, अनियमितता, भ्रष्टाचार सम्बन्धमा प्राप्त उजुरी सुनुवाइका लागि केन्द्रको भूमिका थप प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री कार्कीले भ्रष्टाचारपछिको दण्डात्मक उपायभन्दा भ्रष्टाचार हुनै नदिने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभएको उहाँको सचिवालयले जनाएको छ ।

“सार्वजनिक निकायहरुबाट प्रदान हुने सेवा प्रवाह प्रभावकारी तुल्याउन नियमन र अनुगमनलाई बढावा दिनुपर्छ । केन्द्रका निर्देशन पालना भए-नभएको पनि अनुगमन गर्नुहोस्”, प्रधानमन्त्री कार्कीले भन्नुभयो । उहाँले विकास-निर्माणका योजनाहरुमा गुणस्तरीयता कायम गरी तोकिएको समय, लागत र गुणस्तरीय काम सम्पन्न गर्ने तथा प्राविधिक परीक्षणको जिम्मेवारीमा केन्द्रको ध्यान पुग्नुपर्नेमा जोड दिनुभएको थियो ।

यसको लागि जनशक्ति र वित्तीय स्रोतको समेत प्रबन्ध गर्नुपर्ने उहाँको भनाइ थियो । प्रधानमन्त्री कार्कीले आमनागरिकलाई अनुभूति हुने गरी संस्थाको उपस्थिति र प्रभावकारिता देखाउन निर्देशन दिनुभएको थियो ।।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 5   +   3   =  

Protected by Spam Master