पोखरामा मनाइयो राष्ट्रिय कर दिवस, उत्कृष्ट करदाता सम्मानित

पोखरा ।आन्तरिक राजस्व कार्यालय पोखराको आयोजनामा राष्ट्रिय कर दिवस २०८२ विविध कार्यक्रमसहित सम्पन्न भयो। आधुनिक तथा वैज्ञानिक कर प्रणालीतर्फको प्रस्थान बिन्दुका रूपमा नेपालमा मूल्य अभिवृद्धि कर (VAT) लागू भएको दिनको स्मरण गर्दै हरेक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाइँदै आएको कार्यालयले जानकारी दिएको छ।
कार्यक्रममा बोल्दै जिल्ला प्रशासन कार्यालय कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले देश विकासमा निजी क्षेत्र प्रमुख हिस्सेदार भएको उल्लेख गर्दै, निजी क्षेत्रलाई प्रोत्साहन गर्ने तथा करमैत्री वातावरण निर्माण गर्नु आवश्यक रहेको बतिन। उनले निजी क्षेत्रका लागि व्यवसायिक वातावरण तयार पार्ने र मनोबल उच्च बनाउने गरी राज्यले काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
त्यसैगरी आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव प्रसाद ढुङ्गानाले सेवा प्रवाहलाई थप सहज र प्रविधीमैत्री बनाउँदै करको दायरा विस्तार गर्ने बताउँदै, आर्थिक ऐन २०८२ ले प्रदान गरेका विभिन्न छुट सुविधाको समयमै लाभ लिन करदातालाई आग्रह गरे।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ, पोखरा चेम्बर अफ कमर्सलगायतका व्यवसायिक संघ–संगठनका प्रतिनिधिहरूले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिगत वातावरण अझ प्रभावकारी बनाउनुपर्ने धारणा राखे। उनीहरूले व्यवसायीहरूको मनोबल उच्च राख्ने कदमले नै दिगो आर्थिक विकासलाई टेवा पुर्याउने उल्लेख गरे।
यस वर्ष आन्तरिक राजस्व कार्यालय पोखरा अन्तर्गत सबैभन्दा बढी कर दाखिला गर्ने करदाता आर के डी होल्डिङ्स लिमिटेडलाई सम्मान गरिएको थियो। त्यस्तै, करदाता सेवा कार्यालय स्याङ्जा अन्तर्गत सबैभन्दा बढी कर दाखिला गर्ने करदाता खिलुङ कालिका कन्ट्रक्सन प्रा.लि. लाई पनि सम्मान प्रदान गरिएको छ।
आयकर र राजस्व विवरण सार्वजनिक गर्दै कार्यालयले २०८२ कात्तिक मसान्तसम्म ६९ हजार ८ सय ६ व्यवसायिक स्थायी लेखा नम्बर (PAN) लिने करदाता रहेको जानकारी दियो। जसमध्ये मूल्य अभिवृद्धि करमा १२ हजार ८ सय ६९ र अन्तःशुल्कमा ४ हजार ५ सय ४२ करदाता आवद्ध छन्। त्यस्तै पोखरा कार्यालय अन्तर्गत २ लाख १८ हजार १ सय २९ करदाताले व्यक्तिगत स्थायी लेखा नम्बर लिएका छन्।
राजस्व संकलन पक्षमा कार्यालयले कात्तिक मसान्तसम्म १ अर्ब ५० करोड २० लाख रुपैयाँ राजस्व संकलन गरेको छ। जसमध्ये आयकर : ८१ करोड ४६ लाख, मूल्य अभिवृद्धि कर (VAT) : ५२ करोड २४ लाख,अन्तःशुल्क : १२ करोड ७१ लाख, विलासिता शुल्क : ३ करोड ७८ लाख रहेकाे छ ।
कार्यालयका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष १ करोड ५४ लाख रुपैयाँ बढी राजस्व संकलन भएको छ। गत वर्ष कात्तिक मसान्तसम्म १ अर्ब ६६ लाख ६६ हजार रुपैयाँ राजस्व संकलन भएको थियो।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20044, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ १, शुक्रबार ०७:००२ लाख ८७ हजार नगदसहित जुवातास खेल्ने–खेलाउने ८ जना पक्राउ
समाचार२०८३ बैशाख ३१, बिहीबार २१:५२दीननाथ बराललाई उत्कृष्ट खेल पत्रकार अवार्ड
समाचार२०८३ बैशाख ३०, बुधबार २२:४०गण्डकीलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन स्पष्ट नीति र लगानीको खाँचो
समाचार२०८३ बैशाख ३०, बुधबार ००:१८पोखरा महानगरले कक्षा ११ मा भर्नाका लागि प्रवेश परीक्षा लिन राेक्याे









