सौगात मल्ल अभिनीत नयाँ चलचित्र ‘बब डाई’को छायांकन सुरु

काठमाडौं। सौगात मल्ल मुख्य भूमिकामा रहेको नयाँ नेपाली चलचित्र ‘बब डाई’को छायांकन सुरु भएको छ। रोटेपिङ इन्टरटेन्मेन्टको प्रस्तुति र श्रीराम बालाजी फिल्म्सको सहकार्यमा निर्माण हुन लागेको यो चलचित्रको छायांकन गत सोमबार शुभमुहूर्तसँगै सुरु गरिएको हो। चलचित्रको ४५ दिनको छायांकन तालिका तय गरिएको छ, जसमा चन्द्रागिरी, किर्तिपुर र आसपासका स्थानहरू समेटिने निर्माण पक्षले जनाएको छ।
१२ वर्षअघि ‘मोक्ष’ निर्देशन गरेका प्रबिन श्रेष्ठ ‘बब डाई’मार्फत पुनः निर्देशनमा फर्किएका छन्। किर्तिपुरकै कथा समेटिएको यस चलचित्रको नाम नेवारी उच्चारण ‘डाई’ (दाई) बाट प्रेरित रहेको निर्देशक श्रेष्ठले बताए। सौगात मल्लले निभाउने ‘बब डाई’ नै चलचित्रको केन्द्रिय पात्र हो।
कलाकारहरूमा सौगात मल्लसँगै सिम्रन पन्त, सन्तोष पन्त, बिशाल पहाडी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, कुशल पोखरेल, यमन श्रेष्ठ, कृष्ण भक्त महर्जन, गीता अधिकारी, भिन्तुना जोशी, नितेश तन्दुकार, मनोज महर्जन र बाल कलाकार अग्रिम पण्डित समावेश छन्।
चलचित्रको कथा मनिषा गौचन र निर्देशक प्रबिन श्रेष्ठले सहलेखन गरेका छन्। छायांकन श्याम तामाङ नेतृत्वको टिमले गरिरहेको छ। सम्पादन स्वयं प्रबिन श्रेष्ठले नै गर्नेछन्।
निरपेश रुपाखेती कास्टिङ डाइरेक्टरका रूपमा छन् भने सुरेन्द्र महर्जन प्रोडक्सन म्यानेजर हुन्। कोरियोग्राफी सृष्टि महर्जनले सम्हाल्दैछन्, सहायक निर्देशनमा बिवेक राज भट्ट र आयुष दाहाल छन्। राजेश घिमिरे, रोशन भट्टराई र सुनिल मानन्धर चलचित्रका निर्माता तथा रबिन्द्र प्रजापती कार्यकारी निर्माता हुन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन ३०, शनिबार २१:३६माइक्रो दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, मृतक सबै भारतीय नागरिक
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन ३०, शनिबार २१:२२‘धन्यवाद शत्रु’ भन्दै आइन् लोकप्रिय गायिका अन्जु
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन ३०, शनिबार २१:१५तीनदिने भ्वाइस एक्टिङ तालिमका लागि भारतका चर्चित भ्वाइस आर्टिष्ट अमित काठमाडौंमा
समाचार२०८२ फाल्गुन ३०, शनिबार २०:२२धादिङ अस्पतालमा ११ जना स्वास्थ्यकर्मी सम्मानित








