नेपाल वन प्राविधिक सङ्घको स्थापना दिवस:’जेहेन्दार वन प्राविधिक पुरस्कार घोषणा’

पाेखरा ।
जेहेन्दार वन प्राविधिक पुरस्कार अबदेखि गण्डकीमा नियमित रूपमा प्रदान गरिने भएको छ। नेपाल वन प्राविधिक सङ्घको ५२ औँ स्थापना दिवसका अवसरमा वन विज्ञान अध्ययन संस्थान पोखराबाट उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई २०८३ सालदेखि ‘जेहेन्दार वन प्राविधिक अक्षय कोष’बाट पुरस्कार दिने घोषणा गरिएको हो। सो कोष क्याम्पसकै नाममा स्थापना गरिएको छ र पुरस्कार कोषको ब्याजबाट दिइनेछ।
यसै अवसरमा गण्डकी प्रदेशमा कार्यरत वन कर्मचारी तथा प्राविधिकमध्येबाट पनि दुई जना उत्कृष्ट छनोट गरिने छ । वनरक्षकदेखि रेन्जर तहसम्म एक जना र अधिकृत तहदेखि माथि एक जना । उत्कृष्ट उपाधि पाउने व्यक्तिलाई आगामी आर्थिक वर्षदेखि ५ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिने निर्णय गरिएको छ ।
स्थापना दिवसको अवसरमा आयाेजित कार्यक्रममा मन्त्री भेषबहादुर पौडेल, सचिव मोहनराज काफ्ले, क्याम्पस प्रमुख नारायण प्रसाद गौतम, प्राध्यापकहरू तथा कस्केली वन प्राविधिक समाजका अध्यक्ष तथा पूर्व वन निर्देशक रामकाजी श्रेष्ठलगायतका वन प्राविधिकहरुको उपस्थिति रहेकाे थियो।

वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशको सभा हलमा प्रदेश कमिटीका अध्यक्ष गणेशबहादुर कार्कीको अध्यक्षतामा आयाेजित कार्यक्रमकाे सञ्चालन कोषाध्यक्ष मदन सुवेदीले गरेका थिए।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20059, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ १, शुक्रबार ०७:००२ लाख ८७ हजार नगदसहित जुवातास खेल्ने–खेलाउने ८ जना पक्राउ
समाचार२०८३ बैशाख ३१, बिहीबार २१:५२दीननाथ बराललाई उत्कृष्ट खेल पत्रकार अवार्ड
समाचार२०८३ बैशाख ३०, बुधबार २२:४०गण्डकीलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन स्पष्ट नीति र लगानीको खाँचो
समाचार२०८३ बैशाख ३०, बुधबार ००:१८पोखरा महानगरले कक्षा ११ मा भर्नाका लागि प्रवेश परीक्षा लिन राेक्याे









