आयरा रुवालीको जन्मदिनमा त्रिपुरासुन्दरी भजन समुहलाई भजन सामाग्री सहयोग

धादिङ,कात्तिक ०४ गते ।
अमेरिका निवासी आयरा रुवालीको जन्म दिनको अवसरमा भजन सामाग्री सहयोग गरिएको छ । धादिङ नेपाली समाज अमेरिकाका अध्यक्ष तथा समाजसेवी टंक बहादुर रुवाली र हजुरआमा ज्ञान रुवालीको तर्फबाट नातिनी आयरा रुवालीको जन्मदिनको अवसरमा भजन सामाग्री सहयोग गर्नुभएको हो ।
नेपाली संस्कृति जर्गेना गर्न र जन्मदिनको उपलक्ष्यमा गरिने खर्च सामाजिक र धार्मिक कार्यमा सहयोग गर्ने परम्पराको सूरुवात गर्न सहयोग गरीएको टक बहादुर रुवालीले जानकारी दिनुभयो ।
गाउँपालिकाको पुरानो भजन समुह त्रिपुरासुन्दरी भजन समुहलाई १२ वटा खैंचडी, झुर्मा, कर्तल, मादल र सामान राख्ने बाकस सहयोग गर्नुभएको हो । नातिनी आयराको सुस्वास्थ्य तथा दिर्घायुको कामना सहित त्रिपुरासुन्दरी भगवती भजन टोलीलाई सहयोग गरिएको हो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ मंसिर ७, शनिबार ०८:३७यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
समाचार२०८२ मंसिर ७, शनिबार ०८:३२आज कर्णाली र लुम्बिनी तथा काठमाडौँ र विराटनगरबीच प्रतिश्पर्धा
खेलकुद२०८२ मंसिर ७, शनिबार ०७:३७एनपिएलमा आज दुई खेल हुँदै « रिपोर्टर्स नेपाल
समाचार२०८२ मंसिर ७, शनिबार ०७:०६जनस्वास्थ्य तथा प्राविधिक अध्ययन स्कुल धादिङमा प्रथम वर्षका विद्यार्थीलाई स्वागत







