एभरेस्ट एफएमको रक्तदानमा १५१ युनिट रगत संकलन

पोखरा । एभरेस्ट मिडिया हाउस प्रालिको आयोजनामा आज पोखरामा भएको बृहद रक्तदान कार्यक्रममा १५१ युनिट रगत संकलन भएको छ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमको संयुक्त आयोजनामा ‘म त रक्तदान गर्दैछु, तपाईं नि ? भन्ने नारासहित आज रेडियो प्राङ्गण पोखरा–५ प्रस्याङमा भएको रक्तदान कार्यक्रममा १२७ जना पुरुष र २४ जना महिलाले रक्तदान गरेका हुन् ।
रक्तदान कार्यक्रममा १६ जना पहिलो रक्तदातासमेत सहभागी भएको एभरेस्ट मिडिया हाउसले जनाएको छ । रक्तदान कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्की, सशस्त्र प्रहरी बलको कालिका गण मालेपाटन, एवन ग्रेटर नेपाल यातायात प्रालि, बालकल्याण संस्था, शितलाज्योति युवा क्लव पोखरा–१२, टिम महादेव गुरुङ, ईम्पावर हेल्थ केयर प्रालिलगायतका संघसंस्थाहरुको संस्थागत सहभागिता रहेको थियो ।
रक्तदान कार्यक्रममा माछापुच्छ«े–३ घाचोकका दुर्गाप्रसाद घोरासैनीले ५९ औं पटक, पोखरा नयाबजारका शम्भुलाल श्रेष्ठले ५५ औं पटक, पोखरा–१४ का राजेश तण्डुकारले ५४ औं पटक, पोखरा लेकसाईडका बिजयकुमार प्रधानले ४४ औं पटक, नागरिक समाजका संस्थापक अध्यक्ष रामबहादुर पौडेलले ४१ औं पटक, पोखरा १ बगरका अनिल शाक्यले ४१ औं पटक, पोखरा-४ का लोकेन्द्रदीप शाक्यले ४० औं पटक, पोखरा–१५ का सुजन प्रधानले ३९ औं पटक, पोखरा–८ का निश्चल खरेलले ३८ औं पटक, भारत घर भई पोखरा बस्ने मुन्नाकुमार ठाकुरले ३७ औं पटक, पोखरा–१७ विरौटाका विक्रम रानाभाट र खिमराज आचार्यले ३६ औं पटक रक्तदान गरेका थिए ।
यसअघि रक्तदान कार्यक्रमको नेपाल रेडक्रस सोसाइटी कास्कीकी सभापति उर्मिला खड्काले पहिलो रक्तदाता नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराललाई ब्लड ब्याग हस्तान्तरण गरेर उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै उनले रक्तदान गरेर जीवन बचाउन सकिने बताईन् ।
रक्तसञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले रक्तदान गर्दा रक्तदान गर्नेलाई पनि फाइदा हुने र अरुको जीवन पनि बचाउन सकिने बताए । एभरेस्ट मिडिया हाउसले रक्तदानसँगै सचेतना कार्यक्रम गरेर समाजमा रक्तदानप्रतिको धारणा सकारात्मक बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै उनले एभरेस्ट मिडियाको प्रशंसा गरे ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले रक्तदान सबैभन्दा पूण्य काम भएको बताए । उनले रगतको विकल्प रगत मात्र भएकाले रगत आपूर्तीको एकमात्र माध्यम रक्तदान नै भएको बताए ।
एभरेस्ट मिडिया हाउसका प्रमुख/सम्पादक दीपेन्द्र श्रेष्ठले आफू स्वस्थ रहेको प्रमाणित गर्दै अर्काको जीवन बचाउने अभियान अन्तर्गत रक्तदान कार्यक्रम गरिएको बताए । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको उनले प्रष्ट्याए । उनले रक्तदानमा सहभागी सम्पूर्णलाई धन्यवादसमेत ज्ञापन गरे ।
रक्तदान कार्यक्रममा रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोग रहेको थियो ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20072, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख १०, बिहीबार १७:२०विज्ञापन नीति खारेजीको माग गर्दै पत्रकार महासंघ कास्कीको ज्ञापनपत्र
समाचार२०८३ बैशाख १०, बिहीबार १५:०७प्युठानमा तीर्थयात्री बोकेको जिप दुर्घटना: एक बालकको मृत्यु, २१ जना घाइते
समाचार२०८३ बैशाख १०, बिहीबार ०६:३११० औं पोखरा स्पोर्टस अवार्डलाई टाइगर ग्रुपकाे साथ
समाचार२०८३ बैशाख १०, बिहीबार ०६:२४लेउवा संघमा ‘बिजनेश ईन्कुबेशन’ सम्बन्धी अभिमुखिकरण








