आधुनिक हतियारसहित एक युवक पक्राउ

रौतहट- रौतहटको चन्द्रपुर नगरपालिका-४ देउरालीचोकबाट सशस्त्र प्रहरी बलको टोलीले अत्याधुनिक हतियारसहित एक युवकलाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल नेपालकाे इन्टेलिजेन्स ब्युरोबाट प्राप्त विशेष सूचनाकाे आधारमा बसेको संयुक्त टोलीले हिजो देउरालीचोक क्षेत्रमा पैदल हिँडिरहेका मकवानपुर हेटौडा उपमहानगरपालिका–१३ पदमपोखरी निवासी २२ वर्षीय सुमन आचार्यलाई पक्राउ गरेको हो ।
उनको साथबाट मेड इन इटली लेखिएको Beretta पेस्तोल १ थान, सोही मोडलको म्याग्जिन १ थान, Browning पेस्तोल १ थान, सोको म्याग्जिन १ थान, राउण्ड १३ थान, तथा खुकुरी १ थान फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
उक्त हतियारसहित युवकलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया तथा थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना
समाचार२०८३ जेष्ठ १, शुक्रबार २०:२४५१ किलो अफिमसहित १ जना पक्राउ
समाचार२०८३ जेष्ठ १, शुक्रबार १८:५९धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
खेलकुद२०८३ जेष्ठ १, शुक्रबार १५:३६राखेपले फुकुवा गर्यो एन्फामाथिको निलम्बन








