सोमबार जनकपुरसँग विराटनगर र कर्णालीसँग सुदूरपश्चिम भिड्दै « रिपोर्टर्स नेपाल

काठमाडौं, मंसिर ७ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आज सातौँ दिन आइतबार खेल राखिएको छैन । नेपाल क्रिकेट संघले यसअघि नै सार्वजनिक गरेको खेल तालिकामा आज विश्राम दिन राखिएको थियो ।
भोलि सोमबार भने त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा दुई खेल हुनेछन् । बिहान ११:४५ बजे हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुँदैछ । त्यसैगरी, दोस्रो खेल दिउँसो ४:०० बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच हुनेछ ।
हालसम्मको अंकतालिकाअनुसार दुई–दुई खेल खेलेका सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स चार–चार अंकसहित पहिलो र दोस्रो स्थानमा छन् । तीन खेल खेलिसकेको काठमाडौँ गुर्खाज भने दुई अंक जोड्दै तेस्रो स्थानमा छ । दुई वटा खेल खेलेको पोखरा भने दुवै पराजित हुँदै पुछारमा छ ।
मङ्सिर १ गतेदेखि सुरु एनपीएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किङ्ग्स, चितवन राइनोज, काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् । मङ्सिर २७ गते फाइनल हुनेछ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन ३०, शनिबार २१:३६माइक्रो दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, मृतक सबै भारतीय नागरिक
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन ३०, शनिबार २१:२२‘धन्यवाद शत्रु’ भन्दै आइन् लोकप्रिय गायिका अन्जु
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन ३०, शनिबार २१:१५तीनदिने भ्वाइस एक्टिङ तालिमका लागि भारतका चर्चित भ्वाइस आर्टिष्ट अमित काठमाडौंमा
समाचार२०८२ फाल्गुन ३०, शनिबार २०:२२धादिङ अस्पतालमा ११ जना स्वास्थ्यकर्मी सम्मानित








