‘पूर्ण बहादुरको सारङ्गी’ को उदाहरण दिँदै ‘अभिमन्यु’ निर्माताको दाबी: “फिल्मले आफ्नै बलमा दर्शक तान्छ”

काठमाडौं । निर्माता विनोद पौडेलले आफ्नो नयाँ फिल्म ‘अभिमन्यु : च्याप्टर १’लाई सानो सिनेमा भनेर पूर्वधारणामा नबस्न आग्रह गरेका छन्। उनका अनुसार फिल्म ठूलो वा सानो ठहरिने मापदण्ड बजेट वा कलाकार होइन, दर्शकको रोजाइ र बक्स अफिस परिणाम हो।
पौडेलको भनाइमा कमाइ ठूलो गर्ने फिल्म नै ठूलो मानिन्छ भने अपेक्षित व्यापार गर्न नसक्ने फिल्म सानो ठहरिन्छ। “स्टारकास्ट भएर मात्रै फिल्म ठूलो हुँदैन,” उनले भने, “स्टारकास्ट नहुँदैमा सानो भन्नु पनि उचित होइन।”
उनी यही तर्कलाई आफ्नो पहिलो फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मार्फत जोड दिन्छन्। डेढ करोड लागतमा तयार भएको उक्त फिल्मले नेपाली बक्स अफिसमा ४६ करोड ८० लाख रुपैयाँभन्दा बढी कमाइ गर्दै रेकर्ड बनाएको थियो। पौडेलका अनुसार यही उदाहरणले बजेट वा नामभन्दा पनि सामग्री र स्वीकार्यता महत्वपूर्ण हुने प्रमाणित गर्छ।
आफ्नो दोस्रो फिल्म ‘अभिमन्यु’लाई उनले अन्डरडग्सको सिनेमा बताएका छन्। प्रदर्शन मिति पटक–पटक सारिँदै आए पनि फिल्मबारे उनी आत्मविश्वासी छन्। “हेपेर नहेर्नुस्,” उनले भने, “फिल्मले आफ्नै बलमा दर्शक तान्छ।”
सेभेन सिज सिनेमाको प्रस्तुतिमा बनेको ‘अभिमन्यु : च्याप्टर १’ मंसिर १८ गतेबाट प्रदर्शनमा आउनेछ। फिल्ममा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देल मुख्य भूमिकामा छन्।
सुशान्त गौतम निर्देशित फिल्मका क्रिएटिभ निर्देशक मदन थापा र लेखक मुकेश खनाल हुन्। विनोद पौडेल र गुञ्जन गिरी निर्माता, रमेश चौलागाईं र हरि श्रेष्ठ सहनिर्माता तथा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ कार्यकारी निर्माता छन्। लाइन प्रोड्युसर जीवन शाक्य हुन्।
शरद महतोको छायांकन रहेको फिल्ममा मनोज श्रेष्ठले भिएफएक्स, जुनिम गहतराजले रंग संयोजन र मदन घिमिरेले सम्पादन गरेको छन्।
‘अभिमन्यु : च्याप्टर १’ नेपाली र हिन्दी दुवै भाषामा नेपाल, भारत तथा बिदेशका विभिन्न देशमा एकैपटक प्रदर्शनमा आउनेछ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना
समाचार२०८३ जेष्ठ १, शुक्रबार २०:२४५१ किलो अफिमसहित १ जना पक्राउ
समाचार२०८३ जेष्ठ १, शुक्रबार १८:५९धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
खेलकुद२०८३ जेष्ठ १, शुक्रबार १५:३६राखेपले फुकुवा गर्यो एन्फामाथिको निलम्बन









