एमाले महाधिवेशन प्रतिनिधि छनौटमा ९३ जनाको उम्मेदवारी

धादिङ,११ मंसिर
नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनको लागि धमाधम प्रतिनिधि चयनको प्रकृया भईरहेको छ । यसैबिच धादिङमा पनि बिहिबार प्रतिनिधि छनौटका लागि उम्मेदवारी दर्ता भएको छ । धादिङ क्षेत्र नम्बर १ मा ३ जना महिलाका लागि १० जना, १ जना युवाको लागि १३ जना र ६ जना खुल्लाको लागि २४ जनाको उम्मेदवारी परेको नेकपा एमाले जिल्ला उपसचिव उर्मिला रेग्मीले जानकारी दिनुभयो । गल्छी गाउँपालिका कमिटि कार्यालयमा उम्मेदवारी दर्ता भएको थियो । यसैगरि धादिङ क्षेत्र नम्बर २ को उम्मेदवारी दर्ता जिल्ला पार्टी कार्यालयमा भएको छ ।
४ जना खुल्लाका लागि २३ जना, २ जना महिलाका लागि ८ जना र १ जना युवाका लागि १२ जनाको उम्मेदवारी दिएको छ । जिल्लाभरबाट १ जना दलितका लागि ३ जनाको उम्मेदवारी परेको नेकपा एमाले जिल्ला सदस्य गिता खनालले बताउनुभयो ।धादिङमाबाट १८ जना प्रतिनिधि छनौट गर्न ९३ जनाको उम्मेदवारी परेको छ । एमाले महाधिवेश प्रतिनिधि अन्तिम टुंगो शनिबारसम्म लगाउने छ । पार्टी सदस्यले मतदान वा आपसि सहमतिबाट छनौट गरिने योजना एमोलेले जनाएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
समाचार२०८३ जेष्ठ २, शनिबार १७:१५नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
खेलकुद२०८३ जेष्ठ २, शनिबार १२:२४साफ खेल्ने नेपाली टोलीको घोषणा,कप्तानीमा एञ्जिलाको पुनरागमन
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना








