लायन्स द्वारा मधुमेह निवारणका लागि सचेतना कार्यक्रम सम्पन्न

पोखरा । मधुमेह निवारण तथा नियन्त्रणका उद्देश्यले लायन्स क्लब अफ पोखरा डेस्टिनेसन र गण्डकी बहुप्राविधिक शिक्षालयको संयुक्त आयोजनामा संचालित “मधुमेह निवारण सचेतना कार्यक्रम” सम्पन्न भएको छ।
क्लबका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा भएको कार्यक्रम लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रीक ३२५ एम नेपालका क्याबिनेट सेक्रेटरी जगन्नाथ तिमिल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हाे ।
कार्यक्रममा मधुमेह नियन्त्रण तथा स्वस्थ जीवनशैली सम्बन्धी विषयमा प्रा.डा. सरस्वती न्यौपाने शर्माले विस्तृत सहजीकरण गरेका थिए ।
प्रा.डा. शर्माका अनुसार विश्वभर करिब १.३ मिलियन मानिसले हरेक वर्ष मधुमेहका कारण ज्यान गुमाइरहेको तथ्यले मधुमेह कति तीव्र गतिमा बढिरहेको छ भन्ने संकेत गर्छ। मधुमेहप्रति जागरुकता अभिवृद्धि गर्ने उद्देश्यले नोभेम्बर १४ लाई विश्वभर विश्व मधुमेह दिवसका रूपमा मनाइँदै आइएको छ ।
कार्यक्रममा डिस्ट्रीक जिएलटी को–अर्डिनेटर लक्ष्मण तिमिल्सिना, गण्डकी बहुप्राविधिक शिक्षालयका शैक्षिक प्रमुख सरोज अधिकारी, डिस्ट्रीक्ट चिफ सन्तोष शर्मालगायतका वक्ताहरूले मधुमेहको रोकथाम, जोखिम कम गर्ने उपाय, खानपान र जीवनशैली सुधारका विषयमा आफ्नो धारणा राखेका थिए।
सहभागीहरूलाई मधुमेहका लक्षण, जाँच विधि, नियमित स्वास्थ्य परीक्षणको महत्व तथा समुदायस्तरमा अपनाउन सकिने व्यवहारिक उपायहरूबारे जानकारी गराइएको थियो।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20110, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ १९, आईतवार १९:०४प्रतिभा सुपर लिग क्रिकेट शुरु, प्रतिभा र बाल मन्दिरको बिजयी शुरुवात
समाचार२०८२ माघ १८, शनिबार १९:३०पुलिसलाई हराउँदै गण्डकीले जित्यो टाइगर कपकाे उपाधि
समाचार२०८२ माघ १८, शनिबार १९:२३तारादेवी र अरुणा लामालाई पोखरेली कलाकारको ट्रिब्यूट, कुन्ती मोक्तानले दिईन् विशेष प्रस्तुती
समाचार२०८२ माघ १८, शनिबार १५:१५टाइगर कपः आर्मीलाई हराउँदै पर्वत भलिबल तेस्रो







