दुर्गम गाउँ गोप्कामा आभारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालन

सिमकोट, (हुम्ला), १५ मङ्सिर । खार्पुनाथ गाउँपालिका–१ दुर्गम बस्ती गोप्का गाउँका नागरिकलाई स्वास्थ्य सेवा सहजरुपमा प्रदान गर्नका लागि आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ ।
गोप्का गाउँका नागरिकले वर्षौपछि आफ्नै गाउँबाट स्वास्थ्य सेवा सहज पाउनुका साथै उपचारका लागि टाढा जानुपर्ने बाध्यताको अन्त्य भएको छ । विगतका दिनमा गाउँमा स्वास्थ्य संस्था नहुँदा एक घण्टाको पैदल हिँडेर लाली स्वास्थ्य चौकीमा उपचारका लागि जानुपर्ने बाध्यताको अन्त्य भएको स्थानीय प्रकाश विष्टले बताए ।
सामान्य बिरामी हुँदा पनि गाउँका ज्येष्ठ नागरिकदेखि बालबालिकालाई पिठ्यूमा बोकेर एक घण्टाको पैदल हिँडेर उपचार गर्नुपर्ने बाध्यताको अन्त्य भएको विष्टको भनाइ छ । अहिले गाउँमै सहज सेवा पाएको उनले बताए ।
यस्तै अर्का स्थानीय महिला जुनकुरा बोहराका अनुसार महिला बालबालिकालाई उपचार गर्न जाँदादेखि औषधि लिन जानुपर्ने कठिनाइ थियो । अहिले गाउँमै राम्रो सुविधा सम्पन्न भवन बन्नुका साथै स्वास्थ्यकर्मी भर्खरै सञ्चालनमा आएको आधारभूत केन्द्रमा खटिएपछि सहज सेवा लिन पाएको बोहराले बताए ।
आइतबार गाउँकै ७९ वर्षीया वृद्ध केरसिंह बुढाको उपचारसँगै अौपचारिक रुपमा गोप्का आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ । वृद्ध बुढासँगै गोप्का गाउँका अन्य नागरिकले आफ्नो गाउँबाट पहिलो पटक स्वास्थ्य सेवा लिएका छन् । २०० घरधुरीले अब आफ्नै गाउँबाट स्वास्थ्य सेवा पाउने भएका छन् ।
गोप्का आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष ज्ञानबहादुर सिंह, वडा–१ का वडाध्यक्ष जयबहादुर शाही, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपक शाही, स्वास्थ्य शाखा प्रमुख हरिभक्त शाही, गाउँका जेष्ठ नागरिकलगायत स्थानीयको सहभागिता रहेको थियो । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ १, शुक्रबार ०९:५१पाथीभराको भेटी एक करोड छ लाख रुपैयाँ
समाचार२०८३ जेष्ठ १, शुक्रबार ०८:१४धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
खेलकुद२०८३ जेष्ठ १, शुक्रबार ०६:४८मुम्बई इन्डियन्ससँग पञ्जाव किङ्ग्स पराजीत
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ३१, बिहीबार २२:२८‘सिठ्ठी बजाउँदै’ मा राहुल र प्रियंकाको धमाकेदार नृत्य









