आइटिएफ जे३० टेनिस टुर पोखरा ः दोस्रो दिन रोमाञ्चपूर्ण खेलहरू जारी

आइटिएफ जे३० टेनिस टुर पोखरा ः दोस्रो दिन रोमाञ्चपूर्ण खेलहरू जारी

पोखरा । आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेलाडीबीच दिनभर कडा प्रतिस्पर्धा देखिएको थियो ।

कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगितामा ब्वाइज सिंगल्सतर्फ प्रतीक शेओरन (भारत) ले राज बिर प्रधान (नेपाल) लाई ३–६, ६–२, ६–२ ले हराउँदै अघिल्लो चरणमा प्रवेश गरे । त्यस्तै हर्ष मरवाहा (भारत) ले नेपाली सक्षम विक्रम शाहलाई ६–४, ७–६(५) ले पराजित गर्दै अर्को चरण सुरक्षित गरे ।

ब्वाइज सिंगल्सकै अन्य खेलमा निकुञ्ज खुराना (भारत) ले सेल्विन टिस युन वोंग (हङकङ) लाई ७–६(५), ३–६, ६–४ ले हराए भने जुनलिन सु (चीन) ले क्युंग बिन आन (कोरिया) लाई ७–६(३), ६–४ ले पाखा लगाउँदै प्रि–क्वार्टरफाइनलमा स्थान बनाए । शशांक साँइ प्रसाद करणाटी (भारत) ले उत्कृष्ट प्रदर्शन गर्दै खब्बो गायेन (बंगलादेश) लाई सोझो सेट ६–१, ६–१ ले पराजित गरे ।

यस्तै गल्र्स सिंगल्समा ध्रुती गुन्डु (भारत) ले सातौँ वरीयताकी बोइदेही उकिल (न्यूजिल्यान्ड) लाई ६–४, ६–४ ले हराउँदै अर्को चरणमा प्रवेश गर्न सफल भइन् ।

गल्र्स डबल्सतर्फ युनर ची (चीन) र नाला जोसेफिन मस्के (अमेरिका) को जोडीले आयेशा बग्ला र मेहा पाटिल (भारत) लाई ५–७, ६–३, १०–५ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्यो । त्यस्तै शिवाली गुरुङ (नेपाल) र क–चिए हसु (ताइपेइ) ले उत्कृष्ट खेल प्रदर्शन गर्दै इभा खतिवडा (क्यानडा) र पूर्वा सिंह (भारत) लाई ६–१, ६–१ ले सहजै हराए ।

अर्को खेलमा सौम्या चटर्जी र रञ्जना संग्राम (भारत) ले अक्षिता आनन्थारामन (बेलायत) र अरुणिमा रोय (भारत) लाई ६–४, ६–१ ले पराजित गर्दै अर्को चरणमा प्रवेश गरे ।

यसै गरी ब्वाइज डबल्समा शीर्ष वरीयताकृत जोडी शौनक चटर्जी (भारत) र रवर्ट डोल्या (सिङ्गापुर) ले गनुका फर्नाण्डो र रेहान गुणवर्धन (श्रीलंका) लाई ६–४, ३–६, १०–७ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरे ।

दोस्रो वरीयता प्राप्त ह्यो जिन हा र युल हो जुंग (दक्षिण कोरिया) ले मोहम्द आरिज खान र ओजस्वीर सिंह (भारत) लाई ६–४, ६–१ ले पराजित गरे। क्युंग बिन आन (कोरिया) र दर्शिल श्रेष्ठ (नेपाल) ले अयन दहिया र शशांक साई प्रसाद करणाटी (भारत) लाई ६–४, ६–३ ले हराउँदै अर्को चरणमा प्रवेश गरे ।

त्यस्तै खब्बो गयेन (बंगलादेश) र जियालियाङ गु (चीन) ले शास्वत बज्राचार्य र असव सम्राट हाडा (नेपाल) लाई ६–२, ६–४ ले पराजित गरे । तेस्रो वरीयताकृत जोडी यन्सुओ पान र जुनलिन सु (चीन) ले एमडी महद बिन मालिक र एमडी तनभिर (बंगलादेश) लाई ६–३, ६–२ ले सोझो सेटमा हराउँदै अघि बढे ।

नेपालका प्रणव मानन्धर र राज बिर प्रधानले उत्कृष्ट समन्वयसहित यश कुमार र हर्ष मरवाहा (भारत) लाई ६–३, ६–३ ले हराए । आयुष्मान हजुर घले र सक्षम विक्रम शाह (नेपाल)ले पनि प्रभावकारी खेल प्रदर्शन गर्दै प्रतीक शेओरन र अनुज अभिजित तसिल्दार (भारत) लाई ७–६(२), ६–२ ले पराजित गर्दै क्वार्टरफाइनल यात्रा तय गरेका छन् ।

मंसिर २७ गते दुई साता सम्म लगातार सञ्चालन हुने आइटिएफ वल्र्ड टेनिस टुर जे३० सर्किट १ र २ अन्तर्गत १६ देशका ८० खेलाडीहरुको सहभागिता रहेको छ । जसमा ब्वाइजतर्फ ५५ र गल्र्सतर्फ २५ जना रहेका छन् । प्रतियोगितामा नेपालसहित भारत, चिन, अमेरिका, न्युजिल्याण्ड, ताइवान, बंगलादेश क्यानाडा, अस्ट्रेलिया, कोरिया, युके, सिङ्गापुर, मलेसिया, श्रीलंका, इजरायल, हङकङका खेलाडीहरुको सहभागिता रहेको छ ।

प्रतियोगितामा १३ वर्ष देखि १८ वर्ष उमेर समुहमा हुने प्रतिष्पर्धाका बिजेताले समान ३० अंक, उपबिजेताले १८ अंक, सेमिफाईनलिष्टले ९ अंक, क्वाटर फाइनालिष्टले ५ र आर–१६ ले २ अंक प्राप्त गर्नेछन् । .त्यस्तै डबल्समा विजेताले २५ अंक उपविजेताले १३ अंक, सेमिफाइनालिष्टले ६ अंक, क्वाटर फाइनालिष्टले ३ अंक प्राप्त गर्नेछन् ।

प्रतियोगितामा ब्वाइज सिङ्गल्स तथा डबल्स÷गल्र्स सिङ्गल्स तथा डबल्स गरी जम्मा ४ ईभेन्टमा प्रतियोगिता संचालन हुनेछन् । जसमा बिजेता तथा उप–विजेताले प्रमाण–पत्रसहित मेडल प्राप्त गर्नेछन् ।

प्रतियोगिता सम्पन्न गर्न करिव १७ लाख ८७ हजार खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रदेश खेलकुद परिषद, जिल्ला खेलकुद विकास समिति कास्की, पोखरा महानगर पालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशलगायतको सहकार्य रहेको कास्की टेनिसका सचिब भिष्मराज पौडेलले बताए ।

 

 

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20141, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 6   +   2   =  

Protected by Spam Master