२२औं महिला स्वास्थ्य स्वयंसेविका दिवस : बेनीघाट रोराङमा उत्कृष्ट स्वयंसेविका, पोषण स्वयंसेवक र स्वास्थ्यकर्मी सम्मानित

धादिङबेशी,१९ मंसिर । धादिङको बेनीघाट–रोराङ गाउँपालिकाले २२ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस तथा दोस्रो गाउँपालिका स्वास्थ्य दिवस विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न गरेको छ । “स्वस्थ समुदायको निर्माण, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको योगदान” भन्ने मूल नाराका साथ उक्त कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममार्फत पालिकाका १० वडाबाट छानिएका १० उत्कृष्ट स्वास्थ्य बालबालिकालाई पोषण अवस्थाको मूल्याङ्कनका आधारमा नगदसहित सम्मान प्रदान गरिएको छ । यस्तै साविकका गा.वि.स.हरूको मूल्याङ्कनका आधारमा ४ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र ४ पोषण स्वयंसेवकलाई पनि नगदसहित सम्मान गरिएको छ ।
कार्यक्रमको अवसरमा न्यूनतम सेवा मापदण्डको आधारमा २ उत्कृष्ट स्वास्थ्य संस्थालाई प्रत्येकलाई रु. ५०,००० का दरले सम्मान प्रदान गरिएको थिया । ५० हजार नगद सहित सम्मानित हुनेमा जोगीमारा स्वास्थ्य चौकी र महादेवस्थान स्वास्थ्य चौकी रहेका छन् । दिवसकै अवसर पारेर पालिकाले स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्य प्रदर्शन गर्ने १ पारामेडिक्स, १ नर्सिङ स्टाफ र १ कार्यालय सहयोगीलाई पनि नगदसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा बेनीघाट रोराङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका विभिन्न गैरसरकारी संस्था तथा व्यक्तिहरूलाई सम्मान छ । लामो समयसम्म समर्पित सेवा प्रदान गरेका २ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई बिशेष सम्मानका साथ विदाई गरिएको छ ।
कार्यक्रममा ३७ वर्ष ५ महिना जनस्वास्थ्य अधिकृतका रूपमा निरन्तर सेवा प्रदान गर्दै सेवा निवृत्त भएका स्वास्थ्य क्षेत्रका धरोहर बाबुराम कौडाललाई विशेष सम्मान प्रदान गरिएको थियो ।
फोटो फिचर
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ माघ ४, शनिबार २१:२१चलचित्र ‘शिवांश’को पहिलो गीत सार्वजनिक
समाचार२०८२ माघ ४, शनिबार २०:३०सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो
समाचार२०८२ माघ ४, शनिबार १९:०६उम्मेदवारहरुको टिकट वितरणमा जुटे राजनीतिक दलहरु
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ ४, शनिबार १४:१९अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार




























