महिला स्वयंसेविकाको समर्पणकै कारण मातृ–शिशु स्वास्थ्यमा ठूलो सुधार : उपाध्यक्ष श्रेष्ठ

धादिङबेशी, २० मंसिर । धादिङको बेनीघाट–रोराङ गाउँपालिकाका उपाध्यक्ष टापबहादुर श्रेष्ठले महिला स्वास्थ्य स्वयंसेविकाको अथक परिश्रम र समर्पणकै कारण गाउँपालिकामा स्वास्थ्य सूचकहरूमा उल्लेखनीय सुधार भएको बताएका छन् । २२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस तथा दोस्रो गाउँपालिका स्वास्थ्य दिवसको अवसरमा आयोजित भव्य समारोहलाई शुक्रबार सम्बोधन गर्दै उनले महिला स्वयंसेविकाको भूमिकाले समुदायमा स्वास्थ्य चेतना विस्तार मात्र नभई मातृ–शिशु मृत्यु दर घटाउन महत्वपूर्ण योगदान पुगेको उल्लेख गरे ।
उपाध्यक्ष श्रेष्ठले निकै समयसम्म सेवा प्रवाह गर्दै लोकप्रियताका साथ काम गर्नु भएका डाक्टर बाबुराम पौडेल तथा कार्यक्रममा उपस्थित जनप्रतिनिधि, कर्मचारी, महिला स्वयंसेविका, आमा समूहका प्रतिनिधि, समुदायका सम्मानित नागरिक र पत्रकारहरूलाई हार्दिक अभिवादन गर्दै स्वागत गरेका थिए ।
समारोहलाई सम्बोधन गर्दै उनले बेनीघाट–रोराङ गाउँपालिकामा ४५ सालदेखि सुरु भएको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रमले आज हजारौँ दिदीबहिनीलाई समुदायसेवामा सक्रिय बनाएको बताउँदै अहिले राष्ट्रभर करिब ५४ हजार स्वयंसेविकाको योगदानले नेपालका स्वास्थ्य सूचकमा ठूलो परिवर्तन आएको बताए ।
उनका अनुसार महिला स्वयंसेविकाको सक्रिय भूमिकाकै कारण बाल मृत्युदर, मातृ मृत्युदरमा कमी, खोप अभियानको सफल कार्यान्वयन तथा ग्रामीण क्षेत्रमा सरसफाइ सुधार सम्भव भएको हो । कार्यक्रमको शुरुआत प्रभातफेरीबाट भएको उल्लेख गर्दै उपाध्यक्ष श्रेष्ठले १६ दिने लैङ्गिक हिंसा न्यूनीकरण अभियानसँगै ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसाको अन्त्य गरौँ’ भन्ने नारामा आधारित जनचेतनामूलक गतिविधि गाउँपालिकाका १० वटै वडामा सञ्चालन भइरहेको जानकारी दिए । उनले सबै वडाध्यक्ष र वडा सचिवहरूलाई तोकिएका कार्यक्रमहरू प्रभावकारी रूपमा पूरा गर्न आग्रह गरे ।
सिमान्तकृत र भौगोलिक रूपमा सम्वेदनशील क्षेत्रका बालबालिकामा भेटिने कुपोषणलाई लक्षित गर्दै गाउँपालिकाले स्वतन्त्र रूपमा पोषण सुधार केन्द्र सञ्चालन गरिरहेको उनले बताए । कार्यक्रममा १० जना सुपोषित बालबालिकालाई सम्मान गर्दा स्वयंसेविका, आमा समूह र अभिभावकको भूमिकाको विशेष प्रशंसा गर्नु भएको थियो ।
उपाध्यक्ष श्रेष्ठले बेनीघाट–रोराङ गाउँपालिकालाई स्वास्थ्य, शिक्षा र विकासका हरेक सूचकमा ‘नमुना गाउँपालिका’ बनाउने लक्ष्य राखिएको बताउँदै अहिले नै विभिन्न कार्यक्रम र उपलब्धिहरूले गाउँपालिका जिल्लास्तरमै प्रतिस्पर्धी बनेको उल्लेख गरे ।
आगामी वर्षमा जिल्ला, प्रदेश र संघीय तहबाट पनि नमुना गाउँपालिका घोषित गर्ने ठाउँमा पु¥याउन सबै पक्षले थप जिम्मेवारीपूर्वक अघि बढ्नुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा स्वास्थ्य स्वयंसेविका, पोषण स्वयंसेवक, उत्कृष्ट स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाहरूलाई नगदसहित सम्मान गरिएको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना
समाचार२०८३ जेष्ठ १, शुक्रबार २०:२४५१ किलो अफिमसहित १ जना पक्राउ
समाचार२०८३ जेष्ठ १, शुक्रबार १८:५९धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
खेलकुद२०८३ जेष्ठ १, शुक्रबार १५:३६राखेपले फुकुवा गर्यो एन्फामाथिको निलम्बन








