व्यापार मेलामा आज किसानका कुरा , ‘प्रविधिको दुरुपयोगले अपराध बढ्दो’

पोखरा । पछिल्लो समय नेपालमा प्रविधिको दुरुपयोगले अपराध बढाएको भए त्यसको उपयोगमा संकुचन ल्याउन नहुनेमा एक कार्यक्रममा सहभागीहरुले जोड दिएका छन् ।
उनीहरुले प्रविधिले समाज र चेतनालाई उन्नत बनाउने, दैनिक जीवन सहज बनाउने तथा नयाँ अवसरको ढोका खोल्ने सत्यलाई बिर्सन नहुनेमा सहमति जनाए । यद्यपि,नेपालको परिपेक्ष्यमा प्रविधिलाई ‘बाँदरको हातको नरिबल’ बनाइएको र यो हिंसाको डरलाग्दो हतियार बन्दै गएकोमा विज्ञहरुले चिन्ता जताए ।
‘राष्ट्रको जागरण ः प्रविधि र समाजको पुस्तान्तरण’ भन्ने विषयमा गफिँदै नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा.दीपेन्द्रबहादुर क्षेत्री,सामाजिक अभियन्ता विना सिलवाल,उपप्राध्यापक विष्णुहरि पौडेल र क्यान महासंघ कास्कीका अध्यक्ष पुरुषोत्तम कुँवरले यस्तो धारणा व्यक्त गरेका हुन् । पोखराको नयाँबजारमा आयोजित नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटकअन्तर्गत नै सो संवाद कार्यक्रम राखिएको हो । क्यान महासंघ कास्कीले त्यसको संयोजन गरेको हो ।
कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. दीपेन्द्रबहादुर क्षेत्रीले प्रविधिलाई सही तरिकाले प्रयोग नगर्दा देशको सार्वभौमसत्ता नै खतरामा पर्नसक्ने बताए । जेन–जी आन्दोलनमा भएको प्रविधिको पयोगतर्फ संकेत गर्दै उनले भने,‘देशमा ७ घण्टामा सत्ता परिवर्तन भयो र त्यो प्रविधिको उपयोगबाट सम्भव भयो ।’ उनले जेन–जी आन्दोलनले देशको ६३ खर्ब कुल ग्राहस्थको एक तिहाइमा क्षति पु¥याएको बताउँदै त्यसलाई पुनः प्राप्त गर्न समय लाग्ने बताए ।
सामाजिक अभियन्ता विना सिलवालले पछिल्लो समय मोवाइलबाट प्रेमी वा प्रेमिकाको फोटो खिच्ने, अन्तरंग दृष्यहरु कैद गर्ने अनि मन नमिल्दा सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरिदिने प्रवृत्तिले धेरेको घरबार चैट भएको दृष्टान्त पेश गरिन् ।
सूचना प्रविधिका उपप्राध्यापक विष्णुहरि पौडेलले नेपालमा सूचना प्रविधिको उपयोगले ठूलो अवसर सिर्जना गरेको र नयाँ सम्भावनाको ढोका खोलेको बताए । उनले प्रविधिको सही प्रयोगका निम्ति भने सरकारले नै वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । नेपालीले प्रयोग गर्ने मोवाइलसहितका प्रविधि र कक्षाकोठामा पढाउने शिक्षाबीच तालमेल मिल्न नसकेको उनले स्वीकारे ।
क्यान महासंघ कास्कीका अध्यक्ष पुरुषोत्तम कुँवरले सूचना प्रविधिको सही सदुपयोग कसरी गर्ने तथा त्यसको दुरुपयोग हुन नदिन के गर्नेभन्नेबारे प्रयोगकर्ता सचेत हुनुपर्ने बताए । उनले बालबालिकालाई मोवाइल वा अन्य सामग्रीको गलत प्रयोगबाट टाढा राख्ने प्रविधिको विकास भएको कुरा पनि सुनाए ।
पोखराको नयाँबजारमा जारी मेला आइतबारसम्म चल्नेछ । शनिबार भने मेलामा नेपाल मगर संघ कास्कीले विशेष सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने सांस्कृतिक उपसमिति संयोजक ललितकुँवरले जानकारी दिए ।
शनिबार कृषिको व्यावसायिकरण कहिले र कसरी ? भन्ने विषयमा परिसंवाद पनि राखिएको मेला आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमले जानकारी दिइन् । सो परिसंवादमा गण्डकी प्रदेश सरकारको कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव बासुदेव रेग्मी,र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक भरतराज ढकालसँग पत्रकार भरत कोइराला गफिने छन् ।
मेलाका प्रचार प्रसार संयोजक मनोहरि पौडेलका अनुसार समग्र पोखराको अर्थतन्त्र चलायमान बनाउन तथा नयाँ संभावनाको खोजी गर्न मेला आयोजना गरिएको हो ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20159, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख ७, सोमबार १४:५९गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
समाचार२०८३ बैशाख ६, आईतवार २२:२९नेपाल पत्रकार महासंघ, कास्कीको साधारण सभाको तयारी
समाचार२०८३ बैशाख ६, आईतवार १३:०३लेकसाइडमा पर्यटकलाई दुःख हैरानी दिने १६ महिला नियन्त्रणमा
समाचार२०८३ बैशाख ६, आईतवार १२:४६बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ हुने, बन्दिपुरको पर्यटन प्रवर्द्धनमा थप ऊर्जा मिल्ने विश्वास






