रेखा थापाको अभिनय हेरेर हुर्किएँ, उहाँकै नक्कल गर्दै-गर्दै अभिनेत्री बनेँ : बिनिता

काठमाडौं । विदेशमा बस्दै आए पनि नेपाली चलचित्रमा अभिनय गरिरहेकी नव–अभिनेत्री बिनिता कार्की यतिबेला आफ्नो डेब्यु फिल्म ‘पीआर’ को प्रचारका लागि नेपाल आएकी छन्। यही मंसिर २६ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको ‘पीआर’ अलनेपाल रिलिज हुँदैछ।
अष्ट्रेलियामा अध्ययनसँगै कलाकारिता गर्दै आएकी बिनिता यो फिल्ममार्फत नेपाली रजतपटमा मुख्य भूमिकामा डेब्यु गर्दैछिन्। उनका अनुसार ‘पीआर’ ले अष्ट्रेलिया पुगेका नेपाली युवायुवतीको जीवन, संघर्ष र मनोविज्ञानलाई चित्रण गरेको छ।
सानो छँदादेखि नै सुपरस्टार अभिनेत्री रेखा थापा, निरुता सिंह र झरना थापाको अभिनय र नृत्य हेरेर हुर्किएकी बिनिताको सपना अभिनेत्री बन्ने थियो। यही सपना आज शोभित बस्नेतको निर्देशनमा बनेको फिल्म ‘पीआर’ बाट साकार भएको छ। यदि यो फिल्म सफल भए नेपालमै बसेर निरन्तर अभिनय यात्रा अघि बढाउने उनको योजना छ।
ट्रेलर र गीतले राम्रो चर्चा पाइरहेका बेला बिनिता ‘पीआर’ ले दर्शकको मन जित्नेमा ढुक्क देखिन्छिन्। उनीसँग गरिएको छोटो कुराकानी :
फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा कस्तो महसुस गरिरहनुभएको छ ?
अलि अलि डर लागेको छ, त्यतिकै खुशी र निकै उत्साहित पनि छु।
यो तपाईंको पहिलो फिल्म हो ? फिल्ममा कसरी प्रवेश भयो ?
हो, यो मेरो पहिलो फिल्म हो। म फेसबुकमार्फत जोडिएकी थिएँ। एक जना दिदीले मेरो नाम मेन्सन गर्नुभएको थियो। त्यसकै आधारमा अडिसनसम्म पुगेँ।
अडिसनको अनुभव कस्तो रह्यो ?
अडिसन दिएपछि सेलेक्ट त भएँ, तर त्यसपछि इन्टरभ्यु पनि लिइयो। निर्देशक शोभित बस्नेत सरले इन्टरभ्यु पछि मात्र कन्फर्म गर्नुभयो। त्यसपछि बल्ल फिल्ममा अभिनय गर्ने अवसर पाएँ।
सेलेक्ट भएपछि कस्तो लागेको थियो ?
अत्यन्तै खुशी लागेको थियो। अभिनेत्री बन्ने मेरो सपना ‘पीआर’ ले पूरा गरिदिएको छ।
फिल्ममा आउनुअघि मोडलिङ पनि गर्नुभएको थियो ?
हो, २०१८ तिर नेपालमै हुँदा मोडलिङ गर्थेँ। अष्ट्रेलिया पुगेपछि भने समय अभाव भयो।
अभिनेत्री बन्ने सपना पहिले देखिकै हो ?
हो, सानैदेखि मनमा थियो। नेपालमै केही गर्छु भनेर विदेश गए पनि कलाकार बन्ने चाहना भने मभित्र बाँकी नै थियो।
सानोमा म रेखा थापा, निरुता सिंह र झरना थापाको अभिनय हेर्थेँ। उहाँहरूले जस्तै नाच्ने, घरको ऐनाअगाडि अभिनय गर्ने गर्थेँ। त्यहीँबाट अभिनयप्रतिको रुचि बढेको हो।
अभिनय सिक्नुभएको छ ?
छैन, मैले औपचारिक अभिनय तालिम लिएको छैन।
अभिनय नसिकी काम गर्न कत्तिको गाह्रो भयो ?
राम्रो निर्देशक र राम्रो टिम भए सजिलो हुने रहेछ। शोभित बस्नेत सरले धेरै हौसला दिनुभयो। त्यसैले आफू पनि गर्न सक्छु भन्ने आत्मविश्वास आयो।
अब कलाकारितालाई निरन्तरता दिने योजना छ ?
अब त फिल्ममा नै निरन्तर काम गर्ने सोच छ। अरू विकल्पबारे खासै सोचेकी छैन।
अन्त्यमा दर्शकलाई के भन्न चाहनुहुन्छ ?
हाम्रो फिल्म ‘पीआर’ यही मंसिर २६ गतेबाट हलमा लाग्दैछ। सबैले हेरेर आफ्नो प्रतिक्रिया दिनुहोला।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना
समाचार२०८३ जेष्ठ १, शुक्रबार २०:२४५१ किलो अफिमसहित १ जना पक्राउ
समाचार२०८३ जेष्ठ १, शुक्रबार १८:५९धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
खेलकुद२०८३ जेष्ठ १, शुक्रबार १५:३६राखेपले फुकुवा गर्यो एन्फामाथिको निलम्बन









