एमालेमा तेश्रो कार्यकालका लागि नवनिर्वाचित अध्यक्ष ओलीको शपथ

काठमाडौँ- नयाँ नेतृत्व चयन र सामयिक राजनीतिक प्रस्ताव पारित गर्दै नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आज सम्पन्न भएको छ ।
भक्तपुरको सल्लाघारीमा गत मङ्सिर २७ गते उद्घाटन भई काठमाडौँको भृकुटीमण्डपमा मङ्सिर २८ गतेदेखि सुरु भएको बन्दसत्रको आज औपचारिक समापन भएको हो । सो पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले अन्तिम मत परिणाम घोषणा गर्नुभएको थियो ।
अन्तिम मत परिणाममा केपी शर्मा ओलीको नेतृत्वमा ३०१ सदस्यीय केन्द्रीय कमिटी र २५-२५ सदस्यीय केन्द्रीय अनुशासन आयोग र लेखा आयोगका पदाधिकारी र सदस्यहरु निर्वाचित भएका छन् ।
अध्यक्षमा निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिस्पर्धामा रहनुभएको थियो ।
आयोगका अध्यक्ष डा विजय सुब्बासमक्ष नवनिर्वाचित पार्टी अध्यक्ष ओलीले सपथ लिनुभयो भने अन्य पदाधिकारी तथा सदस्यलाई अध्यक्ष ओलीले सपथ गराउनुभयो ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ माघ २८, मंगलवार १५:२९निखिल उप्रेती–वर्षा सिवाकोटीको फिल्म ‘कस्तुरी’को छायाङ्कन सुरु
समाचार२०८२ माघ २८, मंगलवार १४:४६निर्वाचनमा मतदाताको जिम्मेवारी र भूमिका
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ २८, मंगलवार ११:२२उदयपुरमा चार हजार चार सय ३८ बालिकालाई एचपिभी खोप लगाइँदै
समाचार२०८२ माघ २८, मंगलवार १०:२४नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्ष निर्वाचित श्रेष्ठलाई धादिङमा सम्मान







