नेपालकै पहिलो भर्चुअल गायक जोडी ‘बिनोद र बिना’ सार्वजनिक

नेपालकै पहिलो भर्चुअल गायक जोडी ‘बिनोद र बिना’ सार्वजनिक


काठमाडौँ । नेपाली संगीत क्षेत्रमा नयाँ प्रयोगको सुरुवात गर्दै नेपालकै पहिलो भर्चुअल गायक जोडी ‘बिनोद र बिना’ लाई औपचारिक रूपमा सार्वजनिक गरिएको छ। प्रविधि र सिर्जनशीलताको संयोजनमार्फत प्रस्तुत गरिएको यो जोडीले आफ्नो पहिलो नेपाली लोक शैलीको गीत “मादलको तालैमा” सार्वजनिक गर्दै संगीतप्रेमी माझ प्रवेश गरेको हो।

उक्त गीतका शब्द नमित चन्द ठकुरीले रचना गरेका हुन् भने गीतको साउन्ड प्रोडक्सन तथा म्युजिक डिजाइन नितिन चन्दले गरेका हुन् । परम्परागत नेपाली लोकसंगीतको आत्मा बोकेको मादलको लयलाई आधुनिक एआइ संगीत प्रविधिसँग जोड्दै गीतमा नेपालीपनको सुन्दर संगम प्रस्तुत गरिएको छ। नितिन चन्द दुइ दशक देखि नेपाली गीत संगीत र म्युजिक भिडियोमा व्यस्त संगीतकर्मी हुन्। चन्दले थुप्रै मोडलहरुलाई नेपाली संगीतक्षेत्रमा स्थापित गर्न समेत ठुलो भूमिका खेलेका छन्।

‘मादलको तालैमा’ मार्फत बिनोद र बिनाको नेपाली संगीत यात्राको औपचारिक सुरुवात भएको निर्माण पक्षले जनाएको छ। आगामी दिनहरूमा अझ परिष्कृत र नवीन प्रस्तुति लिएर निरन्तर रूपमा दर्शक–श्रोतामाझ आउने योजना रहेको बताइएको छ।

निर्माण टिमले यो नयाँ प्रयासलाई अझ सशक्त बनाउन दर्शकको माया, साथ र सुझाव नै सबैभन्दा ठूलो प्रेरणा हुने विश्वास व्यक्त गरेको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 0   +   8   =  

Protected by Spam Master