तीन दशक पछि पोखरामा एक्स नेपथ्यले लाईभ व्याण्ड प्रस्तुती दिदै

पोखरा । पोखरा सडक महोत्सवको मुख्य आकर्षण सांगीतिक उत्सव हो । अनि सांगीतिक उत्सवको मुख्य आकर्षण न्यू ईयर ईभ स्पेसल कार्यक्रम हो । जहाँ यस वर्ष एक्स नेपथ्य तीन दशकपछि पोखरामा गुञ्जिदैछ । नेपथ्य व्याण्डका स्थापनाकालीन गायकहरु रविन श्रेष्ठ र गौतम गुरुङ पोखरा सडक महोत्सवको अवसरमा आयोजित सांगीतिक उत्सव कार्यक्रम अन्तर्गतको हिट्स अफ नाईन्टिजमा गुञ्जिन लागेका हुन् । जसका लागि उनी वेलायत (युके)बाट डिसेम्बर ३० मा काठमाडौंहुँदै पोखरा आईपुग्ने छन् ।
रेवान पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा सडक महोत्सवको अवसरमा कोमागाने पार्कमा हुने सांगीतिक उत्सवमा आफू आउन लागेको हाल युकेमा रहेका एक्स नेपथ्यका रविन श्रेष्ठले जानकारी दिए । आफू र गौतम गुरुङ लाईभ व्याण्ड प्रस्तुतीका लागि तयारी अवस्थामा रहेको उनले बताए । पोखरामा आफूले छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले, आँगनै भरी, नक्कली कान्छी, आँखैमा झलझली, गोधुली साँझ, वर्षातको समयलगायतका गीत प्रस्तुत गर्ने उनले बताए ।
पोखरामा लाईभ व्याण्ड प्रस्तुतीका लागि आफू उत्साहित रहेको उनले बताए । झण्डै तीस वर्ष पछि पोखरामा लाईभ व्याण्ड प्रस्तुतीका लागि आउँदैछु,उनले भने,‘म सुपर एक्साईटेड छु । किनकी व्याण्ड छाडेपछि पहिलो पटक नेपालमा प्रस्तुती दिदैछु । आशा छ मलाई साथ दिन पोखरेली दर्शकहरु आउनुहुनेछ ।’ उनले आफ्नो प्रस्तुतीमार्फत दर्शकलाई ९० को दशकमा फर्काउने बताए । ‘म मेरो ओरिजिनल भोकल सुनाउन आतुर छु । मसँगै पोखरेली दर्शकपनि नोस्टाल्जिक हुनेमा विश्वस्त छु ।’ उनले आफ्नो स्वरमा रहेको सो गीत नेपाली दर्शकले सुन्न नपाएकाले यो पोखरेली दर्शकका लागि एउटा राम्रो अवसर भएको बताए ।
एक्स नेपथ्य गायक श्रेष्ठले यो बिचमा आफूले विदेशमै भए पनि गीत, संगीतमा काम गरिरहेको बताए । आगामी दिनमा पनि यसलाई निरन्तरता दिने उनले प्रतिबद्दता जनाए ।
एक्स नेपथ्यका अर्का गायक गौतम गुरुङले आफू पनि पोखरेली दर्शकलाई मनोरञ्जन दिनका लागि न्यू ईयर ईभमा प्रस्तुती लिएर आउन लागेको बताए । हामी पहिलोपटक पोखरेली दर्शकमाझ लाईभ व्याण्डमार्फत आउँदैछौं,उनले भने,‘पोखरेलीलाई ९० को दशकमा फर्काएर आपसी माया सुमधुर बनाउँदै नोस्टाल्जिक बनाउने छौं ।’ सो दिन आफूले जोमसोमै बजार, गण्डकीको तिरैमा, झरीले रुझेको आकास, यार्लिङ कहाँ खस्यो ?लगायतका चर्चित गीतहरु प्रस्तुत गर्ने उनले जानकारी दिए । कार्यक्रमका लागि आफू पनि उत्साहित रहेको बताउँदै उनले थपे,‘यो हाम्रो होमटाउन हो, त्यो पनि पहिलो पटक पोखरामा स्टेज चढ्दैछौं । नेपथ्यको ओरिजिनल आवाज सुनाउन हामी आतुर छौं । पक्कै पनि दर्शकको अपार माया पाउँछौं भन्ने विश्वास छ ।’
अल टेक नेपालको आयोजनामा हुने पोखरा सांगीतिक उत्सव अन्तर्गत हुने हिट्स अफ नाईन्टिजको न्यू ईयर ईभमा एक्स नेपथ्यसँगै डि–मर्चा, लेकाली, देउराली र उज्जन शाक्यले लाईभ व्याण्ड प्रस्तुती दिनेछन् । सो दिन अहिलेकी भाईरल डान्सर कार्टुन क्रुजकी आस्मा विश्वकर्माको विशेष प्रस्तुती रहनेछ । न्यू ईयर ईभलाई स्पेसल बनाउन उनले अहिलेको भाइरल छिकिरी छिकिरीलगायतका गीतहरुमा डान्स प्रस्तुती दिनेछिन् ।
सांगीतिक उत्सव अन्तर्गत पुस १५ गते गुरुङ समुदायको ल्होसार विशेष कार्यक्रम हुनेछ । उक्त दिन दिउँसोदेखि साँझ स्वप्न सुमन, केआर लिम्बु र चक्र व्याण्ड ब्लाष्ट हुनेछन् । तथा दिउँसो प्रिती आले, देउराली व्याण्डका पुराना गायक आनन्द बज्राचार्य र सन्तोष बस्यालको प्रस्तुती रहनेछ भने दीवा कार्यक्रमतर्फ लोकदोहोरी गायकहरु पुरुषोत्तम न्यौपाने, जीवन दाहाल, चोलेन्द्र पौडेललगायतको प्रस्तुती रहने उनले बताए ।
त्यस्तै, पुस १४ गते अन्तरविद्यालय खुल्ला नृत्य प्रतियोगिता हुनेछ भने दिउँसोदेखि साँझसम्म ईन्टर स्कुल व्याण्ड कम्पिटिसनको उपाधि बिजेता तथा उपबिजेताहरुको सांगीतिक प्रस्तुती रहने जनाइएको छ ।
अल टेक नेपालको आयोजनामा हुने हिट्स अफ नाईन्टिज कार्यक्रमको मुख्य प्रायोजकमा प्रोटोन गाडी रहेको छ भने राईड पार्टनरमा टिभिएस र एजुकेसन पार्टनरमा गण्डकी ईन्टरनेसनल एजुकेसन कन्सल्टेन्सी रहेका छन् ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20336, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष ११, शुक्रबार २२:४८२७ औँ सडक महोत्सव आइतबारदेखि
समाचार२०८२ पुष ११, शुक्रबार १९:४४लेखनाथ महोत्सव सफलता उन्मुख
समाचार२०८२ पुष ११, शुक्रबार १९:३९१६ औँ राष्ट्रपति रनिङ शिल्ड १७ पदक सहित कालिका माविले जित्यो
समाचार२०८२ पुष १०, बिहीबार १९:४८दर्शकले खचाखच भरियो लेखनाथ महोत्सव






