चलचित्र ‘प्रतिवैरम’को फर्स्टलुक पोस्टर सार्वजनिक

सम्राट दास र सुप्रज्ञा शर्माको सशक्त उपस्थिति
काठमाडौँ । निर्देशक रोशन दासको निर्देशनमा निर्माण भएको चलचित्र ‘प्रतिवैरम’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। मधेस केन्द्रित सामाजिक तथा राजनीतिक विषयवस्तुमा आधारित यस चलचित्रको सार्वजनिक पोस्टरले यसको गम्भीर, भावनात्मक र शक्तिशाली कथावस्तुको झलक दिएको छ।
पोस्टरमा आगो, पीडा र प्रेमको प्रतीकात्मक संयोजनमार्फत कथाको गहिराइ उजागर गरिएको छ। मुख्य कलाकारद्वय सम्राट दास र सुप्रज्ञा शर्माको सशक्त उपस्थिति पोस्टरको केन्द्रमा छ। पोस्टरले संघर्ष, संवेदना र विद्रोहको भाव एकसाथ प्रस्तुत गरेको देखिन्छ।
मुख्य अभिनेता सम्राट दास पोस्टरमा एकदमै फरक र प्रभावशाली अवतारमा देखिएका छन्। उनको आँखाको भाव, शारीरिक भाषा र क्यारेक्टर लुकले पात्रभित्रको आक्रोश, संघर्ष र जिम्मेवारीलाई जीवन्त बनाएको छ। निर्देशक रोशन दासका अनुसार ‘प्रतिवैरम’ सम्राट दासको डेब्यु चलचित्र भए पनि यो भूमिका उनको करियरकै महत्वपूर्ण र सम्झनलायक बन्ने विश्वास लिइएको छ।
त्यसैगरी मुख्य अभिनेत्री सुप्रज्ञा शर्माको भावनात्मक प्रस्तुति पनि पोस्टरमा विशेष रूपमा उभिएको छ। उनको अनुहारमा झल्किएको पीडा, प्रेम र भरोसाले कथाको मानवीय पक्षलाई अझ सशक्त बनाएको छ, जसले पोस्टरलाई थप प्रभावशाली बनाएको छ।
चलचित्रमा सम्राट दास र सुप्रज्ञा शर्मासँगै बिरेन्द्र कुशवाहा, आलिशा बस्तोला, रोन्नी यादव, बिकि शाह,नवीन श्रेष्ठ,गीता श्री, अशिष डीके, प्रदीप ढकाल, नारायण बी.के., बिके शाह, रामेश बुढाथोकी लगायत कलाकारहरूको अभिनय रहेको छ।
चलचित्रका सह–निर्देशकमा सन्तोष मल्ल, अग्नि सुवेदी, धिरज राउत र श्रीजना भुजेल रहेका छन्। रेज इन्टरटेनमेन्टले किङ वाईटीसँग सहकार्यमा निर्माण गरेको यस चलचित्रका प्रोडक्सन म्यानेजर कमल सुनार हुन् भने लाइन प्रोडक्सनको जिम्मेवारी पंकज महतोले सम्हालेका छन्। चलचित्रको सम्पादन कविर वोडले गरेका हुन्।
निर्देशक रोशन दासका अनुसार मधेसका वास्तविक कथा, सौन्दर्य र सामाजिक–राजनीतिक समस्यालाई यथार्थपरक ढंगले प्रस्तुत गर्ने उद्देश्यले चलचित्र निर्माण गरिएको हो। चलचित्रमार्फत मधेसको वास्तविक जीवन र संवेदनालाई दर्शकमाझ पुर्याउने योजना रहेको उनले बताए। चलचित्रको कथा निर्देशक दास स्वयंको हो भने पटकथा युवराज भट्टराईले लेखेका हुन्।
निर्माण पक्षका अनुसार ‘प्रतिवैरम’ २०८३ सालको जेठ महिनामा प्रदर्शनमा ल्याउने तयारी भइरहेको छ। नेपाली, हिन्दी, मैथिली र भोजपुरी भाषामा निर्माण गरिएको यो चलचित्र बहुभाषिक स्वरूपको रहेको छ। चलचित्रको डिजिटल अधिकार युना डिजिटलले खरिद गरेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन १९, मंगलवार ०७:५६भुल्केगाउँका स्थानीयको पानीको समस्या अन्त्य
स्वास्थ्य/जानकारी टिप्स२०८२ फाल्गुन १९, मंगलवार ०७:४६एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा
समाचार२०८२ फाल्गुन १९, मंगलवार ०६:४८मौन अवधि सुरु, केके गर्न पाइँदैन ?
समाचार२०८२ फाल्गुन १८, सोमबार २०:०३आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध








