२२औँ माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता पौष ११ देखि

पोखरा। कास्की जिल्ला टेनिस संघको आयोजनामा २२औँ माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०८२ आगामी पौष ११ देखि १५ गतेसम्म पोखरामा हुने भएको छ।
अन्नपूर्ण, माछापुच्छ्रे हिमशृङ्खला तथा फेवा–बेगनास तालले भरिपूर्ण पोखरालाई खेल पर्यटनमार्फत विश्वसामु चिनाउने उद्देश्यसहित संघले यो प्रतियोगिता आयोजना गर्न लागेको हो।
कास्की जिल्ला टेनिस संघले यसअघि पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न टेनिस प्रतियोगिता सफलतापूर्वक आयोजना गर्दै आएको छ।
प्रतियोगितामा पुरुष तथा महिला सिंगल्स र डबल्ससहित ३५ वर्ष, ४५ वर्ष, ५५ वर्ष र ६५ वर्ष माथिका उमेर समूह गरी कुल १२ इभेन्टमा खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्।
ओपन तर्फ पुरुष तथा महिला सिंगल्स विजेताले नगद ८० हजार रुपैयाँ, उपविजेताले ४० हजार रुपैयाँ र सेमिफाइनलिस्टले २० हजार रुपैयाँसहित ट्रफी तथा मेडल प्राप्त गर्नेछन्। यस्तै, पुरुष तथा महिला डबल्सतर्फ विजेताले ३० हजार रुपैयाँ, उपविजेताले १५ हजार रुपैयाँ र सेमिफाइनलिस्टले १० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
३५ वर्ष माथिको सिंगल्सतर्फ विजेताले ६० हजार रुपैयाँ, उपविजेताले २० हजार रुपैयाँ र सेमिफाइनलिस्टले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। ३५ वर्ष माथिको डबल्सतर्फ विजेताले २० हजार रुपैयाँ, उपविजेताले १० हजार रुपैयाँ र सेमिफाइनलिस्टले १० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
४५ वर्ष माथिको सिंगल्सतर्फ विजेतालाई ४० हजार रुपैयाँ, उपविजेतालाई २० हजार रुपैयाँ र सेमिफाइनलिस्टलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ। सोही उमेर समूहको डबल्सतर्फ विजेताले २० हजार रुपैयाँ र उपविजेताले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
५५ वर्ष माथिको सिंगल्सतर्फ विजेताले ३० हजार रुपैयाँ, उपविजेताले १५ हजार रुपैयाँ र सेमिफाइनलिस्टले १० हजार रुपैयाँ पाउनेछन्। ५५ वर्ष माथिको डबल्सतर्फ विजेतालाई २० हजार रुपैयाँ र उपविजेतालाई १० हजार रुपैयाँ प्रदान गरिनेछ।
६५ वर्ष माथिको सिंगल्सतर्फ विजेताले १५ हजार रुपैयाँ, उपविजेताले ७ हजार ५ सय रुपैयाँ र सेमिफाइनलिस्टले २ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन्। ६५ वर्ष माथिको डबल्सतर्फ विजेताले १० हजार रुपैयाँ र उपविजेताले ५ हजार रुपैयाँसहित ट्रफी तथा मेडल पाउनेछन्।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20361, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ १, शुक्रबार ०७:००२ लाख ८७ हजार नगदसहित जुवातास खेल्ने–खेलाउने ८ जना पक्राउ
समाचार२०८३ जेष्ठ १, शुक्रबार ०६:३०ट्रम्पले भने- दुवैको जित, सीले भने- दुवैको हित
समाचार२०८३ बैशाख ३१, बिहीबार २१:५२दीननाथ बराललाई उत्कृष्ट खेल पत्रकार अवार्ड
समाचार२०८३ बैशाख ३०, बुधबार २२:४०गण्डकीलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन स्पष्ट नीति र लगानीको खाँचो









