तराईका जिल्लामा चिसोले जनजीवन कष्टकर बन्दै

सिरहा- अत्यधिक शितलहर, चिसो हावा, बाक्लो कुहिरो र न्यून तापक्रमका कारण सिरहालगायतका तराईका जिल्लामा जनजीवन कष्टकर बन्दै गएको छ ।
बढ्दो चिसोपनले विशेषगरी विपन्न तथा दलित समुदायका स्थानीय बढी प्रभावित भएका छन् ।
यही कठिन परिस्थितिलाई मध्यनजर गर्दै नेपाली सेनाले शितलहरबाट प्रभावित स्थानीयलाई राहतस्वरूप दाउरा वितरण गरेको छ ।
आज सिरहा जिल्लाको गोलबजार नगरपालिका–१० स्थित बुद्धचोक विचला टोल र धोविया धार क्षेत्रमा बसोवास गर्दै आएका दलित मुसहर समुदायलाई १ ट्रक सुकेको दाउरा वितरण गरिएको हो ।
गोलबजार-१० का वडा अध्यक्ष उपेन्द्र कुमार मुखियाले विपद्को समयमा नेपाली सेनाले उदाहरणीय काम गरेको बताउनुभयो ।
शितलहर अझै केही दिन रहने भएकाले स्थानीय तह र सरोकारवाला निकायलाई थप सतर्कता र राहतका कार्यक्रम अघि बढाउनुपर्ने स्थानीयको सुझाव छ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
समाचार२०८३ जेष्ठ २, शनिबार १७:१५नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
खेलकुद२०८३ जेष्ठ २, शनिबार १२:२४साफ खेल्ने नेपाली टोलीको घोषणा,कप्तानीमा एञ्जिलाको पुनरागमन
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ २, शनिबार ११:४४स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय दिने गरी कानुनी व्यवस्थाको माग








