२७ औँ सडक महोत्सव आइतबारदेखि

२७ औँ सडक महोत्सव आइतबारदेखि

रेष्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान) पोखराको आयोजनामा हुने महोत्सवको करिब ९० प्रतिशत तयारी पूरा भइसकेको शुक्रबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।

“सडकमै खाउँ, सडकमै नाचौँ, सडकमै रमाऔँ” भन्ने नारासहित पुस १३ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने महोत्सव लेकसाइडको खहरेदेखि अम्बोटसम्म करिब साढे तीन किलोमिटर सडक क्षेत्रमा फैलिनेछ।

महोत्सव अवधिभर सडकमै विभिन्न खानाका परिकार पकाइने र सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिने आयोजकले जनाएको छ।

रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलका अनुसार पोखराको पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण, लेकसाइडको ब्राण्डिङ तथा आर्थिक गतिविधि चलायमान बनाउने उद्देश्यले महोत्सव निरन्तर आयोजना हुँदै आएको हो।

“कला, संस्कृति र खानाका माध्यमबाट पोखराको पहिचान मजबुत बनाउने प्रभावकारी माध्यमका रूपमा सडक महोत्सव स्थापित भइसकेको छ,” उनले भने।

महोत्सव संयोजक तथा रेवान पोखराका उपाध्यक्ष वसन्त गौतमका अनुसार यस वर्ष महोत्सवमा विभिन्न जातजातिका लोपोन्मुख भेषभूषा र सांस्कृतिक झाँकी, मौलिक सांस्कृतिक कार्यक्रम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकार, लाइभ कन्सर्ट, डुंगा दौड, वेटर रेस, डोरी तान्ने प्रतियोगिता, मःम तथा ससेज खाने प्रतियोगिता, सचेतनामूलक सडक नाटक र सेल्फी फोटो बुथजस्ता आकर्षक कार्यक्रम समावेश छन्।

यसका साथै महोत्सव अवधिभर पर्यटनको विकास, अवसर र चुनौतीबारे अन्तर्क्रिया कार्यक्रम पनि सञ्चालन गरिनेछ।

यस महोत्सव अन्तर्गत पौष १४ गते अन्तरविद्यालय खुला नृत्य प्रतियोगिता तथा इण्टर–स्कुल व्याण्ड प्रतियोगिताका विजेताहरूको सांगीतिक प्रस्तुति रहनेछ ।

पौष १५ गते तमु समुदायको सांस्कृतिक पर्व ल्होसार विशेष कार्यक्रम आयोजना गरिनेछ, जसमा स्वप्न सुमन, केहर एण्ड द लुङ्गा, चक्र व्याण्डलगायतका कलाकारहरूको प्रस्तुति रहनेछ।

दिउँसो लोकदोहोरी कार्यक्रमअन्तर्गत पुरुषोत्तम न्यौपाने, जीवन दाहाल, चोलेन्द्र पौडेललगायत कलाकारले प्रस्तुति दिनेछन्।

यस्तै पौष १६ गते न्यू इयर ईभमा एक्स नेपथ्य, उज्जन शाक्य, डिमर्चा, लेकाली र देउराली व्याण्डको लाइभ प्रस्तुति रहनेछ।

सोही दिन कार्टुन क्रुकी भाइरल डान्सर आस्मा विश्वकर्मा र सरोज अधिकारीको विशेष प्रस्तुति पनि रहने आयोजकले जनाएको छ।

रेवान पोखराका महासचिव बीरेन्द्र शेरचनका अनुसार महोत्सवमा पोखरा र आसपासका क्षेत्रमा उत्पादन भएका हस्तकला, चित्रकला, मूर्तिकला, कृषि तथा वनस्पति सम्बन्धी उत्पादनलाई प्राथमिकता दिइनेछ।

आयोजकका अनुसार विषेशगरी सडक महोत्सवले पोखराको पर्यटन प्रवर्द्धनसँगै स्थानीय अर्थतन्त्रलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20377, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम
लेखकसँग सम्बन्धित खबरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 10   +   2   =  

Protected by Spam Master