चलचित्र ‘प्रतिवैरम’ को एक्सन प्याक टिजर सार्वजनिक

काठमाडौँ । निर्देशक रोशन दासको निर्देशनमा निर्माण भएको चलचित्र ‘प्रतिवैरम’ को एक्सन प्याक टिजर सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको १ मिनेट २९ सेकेन्ड लामो टिजर सार्वजनिक गरिएको हो। मधेस केन्द्रित सामाजिक तथा राजनीतिक विषयवस्तुमा आधारित यस चलचित्रको सार्वजनिक टिजरले सिनेमा पूर्ण एक्सन र मधेशमा हुने अपराधको बिषयमा बनेको झल्को दिन्छ। सार्वजनिक टिजरमा दाइजोको कुरा र दाजु बहिनीको प्रेम सम्बन्ध पनि देखाउन खोजिएको छ। यी सबै दृश्यहरुले गर्दा चलचित्र प्रतिक्षित बन्न पुगेको छ।
मुख्य अभिनेता सम्राट दास प्रभावशाली अवतारमा देखिएका छन्। निर्देशक रोशन दासका अनुसार ‘प्रतिवैरम’ सम्राट दासको डेब्यु चलचित्र भए पनि यो भूमिका उनको करियरकै महत्वपूर्ण र सम्झनलायक बन्ने विश्वास लिइएको छ।
चलचित्रमा सम्राट दास, सुप्रज्ञा शर्मा,बिरेन्द्र कुशवाहा, आलिशा बस्तोला, रोन्नी यादव, बिकि शाह,नवीन श्रेष्ठ,गीता श्री, अशिष डीके, प्रदीप ढकाल, नारायण बी.के., बिके शाह, रामेश बुढाथोकी लगायत कलाकारहरूको अभिनय रहेको छ।

चलचित्रका सह–निर्देशकमा सन्तोष मल्ल, अग्नि सुवेदी, धिरज राउत र श्रीजना भुजेल रहेका छन्। रेज इन्टरटेनमेन्टले किङ वाईटीसँग सहकार्यमा निर्माण गरेको यस चलचित्रका प्रोडक्सन म्यानेजर कमल सुनार हुन् भने लाइन प्रोडक्सनको जिम्मेवारी पंकज महतोले सम्हालेका छन्। चलचित्रको सम्पादन कविर वोडले गरेका हुन्।
निर्देशक रोशन दासका अनुसार मधेसका वास्तविक कथा, सौन्दर्य र सामाजिक–राजनीतिक समस्यालाई यथार्थपरक ढंगले प्रस्तुत गर्ने उद्देश्यले चलचित्र निर्माण गरिएको हो। चलचित्रमार्फत मधेसको वास्तविक जीवन र संवेदनालाई दर्शकमाझ पुर्याउने योजना रहेको उनले बताए। चलचित्रको कथा निर्देशक दास स्वयंको हो भने पटकथा युवराज भट्टराईले लेखेका हुन्।
निर्माण पक्षका अनुसार ‘प्रतिवैरम’ २०८३ सालको जेठ महिनामा प्रदर्शनमा ल्याउने तयारी भइरहेको छ। नेपाली, हिन्दी, मैथिली र भोजपुरी भाषामा निर्माण गरिएको यो चलचित्र बहुभाषिक स्वरूपको रहेको छ। चलचित्रको डिजिटल अधिकार युना डिजिटलले खरिद गरेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन ३०, शनिबार २१:२२‘धन्यवाद शत्रु’ भन्दै आइन् लोकप्रिय गायिका अन्जु
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन ३०, शनिबार ११:२५बोर्ड अध्यक्ष डीसीले गरे ‘टेम्के: द डेस्टिनेसन’ को शुभमुहूर्त
समाचार२०८२ फाल्गुन २९, शुक्रबार १९:३८ग्यासको आयात निरन्तर भइरहेकाले अनावश्यक सञ्चिती नगर्न निगमको आग्रह
समाचार२०८२ फाल्गुन २९, शुक्रबार १८:१८गृहमन्त्रीसमक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलको प्रतिवेदन पेस








