चलचित्र ‘बम बिहारी’को शुभमुर्हुत | Celebrity Nepal

चलचित्र ‘बम बिहारी’को शुभमुर्हुत | Celebrity Nepal

काठमाडौँ । चलचित्र ‘बम बिहारी’को शुभमुर्हुत गरिएको छ । बुधवार भक्तपुरको हनुमान मन्दिरमा पूजा गर्दै चलचित्रको मुर्हुत गरिएको हो । चलचित्रको मुहर्त संगै छायाङ्कन सुरु गरिएको छ । डीएमएस मल्लको निर्देशन रहने चलचित्रको छायाङ्कन उपत्यकाको विभिन्न स्थान र नेपालगन्जमा हुनेछ । नेपाली भूमिको आमा र भारतीय भूमिको बुबाको एक छोराको कथा ‘बम बिहारी’मा छ । ‘बम बिहारी’ एक पात्रको नाम हो । उनकै वरिपरि चलचित्रको कथा घुम्नेछ’ निर्देशक मल्लले भने । चलचित्रमा कथा र लगानी पनि निर्देशक डीएमएस मल्लकै रहनेछ ।

चलचित्रमा सुरवीर पण्डित, सुमन ज्योति न्यौपाने (ल्यांग्री दादा), ध्रुब बुढाथोकी, झरना रिसाल, सन्ध्या श्रेष्ठ, पुष्कर राउत र सम्राट क्षेत्रीको अभिनय रहनेछ । सुरेन्द्र बसेलको कोरियोग्राफी रहने चलचित्र रामेश्वर हुमागाईंको टिमले खिच्दैछ भने गौतमराज खड्काले सम्पादन गर्दैछन् ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 5   +   6   =  

Protected by Spam Master