प्रदर्शनको तेस्रो दिनमा ‘एक्लो–१’, दर्शकबाट सकारात्मक प्रतिक्रिया

काठमाडौं । फरक धार र नयाँ प्रस्तुतिका कारण चर्चामा रहेको प्रतीक्षित नेपाली चलचित्र ‘एक्लो–१’ प्रदर्शनको आज तेस्रो दिनमा प्रवेश गरेको छ। देशभर एकसाथ प्रदर्शनमा आएको चलचित्रले प्रारम्भिक दिनहरूमै दर्शकको ध्यान तानेको छ भने धेरै दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
चलिरहेका नेपाली चलचित्रभन्दा फरक जनरामा निर्माण भएको ‘एक्लो–१’ ले कथा, प्रस्तुति र प्रयोगात्मक शैलीका कारण दर्शकलाई आकर्षित गर्न सफल भएको छ। एक्सन, ड्रामा र भावनात्मक पक्षको सन्तुलित संयोजनले चलचित्रलाई फरक अनुभव दिने दर्शकहरूको प्रतिक्रिया छ।
प्रदीप शाहीको लेखन तथा निर्देशनमा बनेको साइन्स–फिक्सन आधारित चलचित्र ‘एक्लो–१’ ले यसअघि अमेरिकाको न्युयोर्कस्थित म्युजियम अफ द मुभिङ इमेजमा ऐतिहासिक प्रिमियर गरिसकेको थियो। हलिउडस्तरको भिजुअल र प्रविधि प्रयोग गरिएको चलचित्रले नेपाली सिनेमा फरक उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।

चलचित्रमा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ, बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंहलगायतका कलाकारहरूको अभिनय रहेको छ। साथै, बेलायती अभिनेता जेमी बेकन को समेत महत्वपूर्ण भूमिका समावेश गरिएको छ।
एनआरएन समूहको लगानीमा निर्माण भएको यस चलचित्रका कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन्। चलचित्रको छायाङ्कन बाबु श्रेष्ठले गरेका छन् भने द्वन्द्व निर्देशन राजु तामाङ, सेट डिजाइन राजु पेन्टर, कला निर्देशन सन्तोष लामा र प्रोडक्सन डिजाइन द्रोणप्रसाद पौडेल ‘ठेउके’ ले सम्हालेका छन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ८, शुक्रबार ११:१५चलचित्र ‘कुम्भ’ को रोमान्टिक गीत ‘स्पर्श’ सार्वजनिक
समाचार२०८३ जेष्ठ ८, शुक्रबार ०६:२७आजको मौसमःबागमती सहित ६ प्रदेशमा बर्षाको सम्भावना
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ७, बिहीबार १४:२०तत्काल ‘राष्ट्रिय ट्रमा नीति’ बनाउन सांसद कार्कीको माग
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ७, बिहीबार १२:४१ओएनएम सर्वे नहुँदा ‘प्रादेशिक अस्पताल’ समस्यामा









