लहानमा निःशुल्क परीक्षण शिविर « रिपोर्टर्स नेपाल

सिरहा, २१ पुस । लहान नगरपालिका स्वास्थ्य शाखाले पाठेघरको मुखको क्यान्सरसम्बन्धी निःशुल्क परीक्षण सेवा सुरु गरेको छ । लहान–२० र २१ ले संयुक्त रुपमा ‘प्रजनन स्वास्थ्य रुग्णता एकीकृत स्क्रिनिङ तथा व्यवस्थापन’ सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
स्वास्थ्य शाखा प्रमुख विन्देश्वर चौधरीका अनुसार शिविर विशेष गरी ३० वर्षमाथिका महिलालाई लक्षित गरी सञ्चालन गरिएको हो । विपन्न तथा दलित समुदायका महिला बढीजसो पाठेघरसम्बन्धी समस्याबाट पीडित भएकाले आर्थिक अभावका कारण उपचार गराउन नसकिरहेको अवस्थामा सङ्घीय सरकारको कार्यक्रमअन्तर्गत शिविर सञ्चालन गरिएको उनले बताए । आगामी दिनमा नगरका २४ वटै वडामा शिविर सञ्चालन गरिने प्रमुख चौधरीले जानकारी दिए ।
“शिविरबाट समयमै रोगको पहिचान र उपचारमा सहयोग पुग्नेछ”, उनले भने ।
जिल्ला स्वास्थ्य कार्यालयकी अधिकृत तेजकुमारी श्रेष्ठका अनुसार यसअघि गत जेठमा लहान–१५ र १७ मा शिविर सञ्चालन गरिएको थियो । यस्ता शिविरबाट ग्रामीण क्षेत्रका महिलालाई लाभ पुगेको उनको भनाइ छ । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ माघ २९, बुधबार २३:२२चलचित्रमार्फत पर्यटन प्रवर्द्धन : विकास बोर्ड र पर्यटन बोर्डबीच चार बुँदे सहकार्य
समाचार२०८२ माघ २९, बुधबार १९:२५रवि-बालेन एकता रहरको होइन,अरूले कसैले गराइदिएका हुन्- काँग्रेस प्रवक्ता
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ २९, बुधबार १६:०८चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन
समाचार२०८२ माघ २९, बुधबार १३:४९जलवायु परिवर्तनसँगै पूर्वाधार विकास, कृषि र पर्यटन नै प्रमुख चुनावी मुद्दा







