‘किन लाग्छ माया’को पहिलो गीत सार्वजनिक

काठमाडौं। चलचित्र ‘किन लाग्छ माया’को पहिलो गीत सार्वजनिक गरिएको छ। निर्माण पक्षले पोस्टर सार्वजनिक गरेलगत्तै अहिले गीत रिलिज गरेको हो।
कुबेर तामाङको निर्देशनमा तयार भएको यो चलचित्रको प्रदर्शन मिति सन् २०२६ का लागि तय गरिएको छ। सार्वजनिक ‘धौले धन्सार’ बोलको गीत लोक शैलीमा तयार पारिएको छ। यस गीतमा पुष्कर सुनुवार, शान्तिश्री परियार र गोपाल ढकाल ‘छन्दे’को स्वर रहेको छ भने डा. आशबहादुर तामाङ को शब्द र पुष्कर सुनुवारको सङ्गीत छ। रामजी लामिछानेले कोरियोग्राफी गरेको यस गीतको भिडियो निकै आकर्षक बनेको छ।
भिडियोमा चलचित्रका मुख्य कलाकारहरू सञ्जित भण्डारी, जाहान्वी बस्नेत, ऋचा थापा, मिस पबी र हिउँवाला गौतमका साथै नव-नायक स्याडो रियल, उत्तम केसी र सेजल सुवेदीको आकर्षक नृत्य हेर्न सकिन्छ।
चलचित्रमा राजेन्द्र खड्गी, रवि डंगोल, गोपाल ढकाल, सम्रान्त थापा, बेग पहारी, निरोज खुलाल, रामकाजी घिमिरे, सुभाष गजुरेल, रविन्द्र खड्का, सुनिल कटुवाल, विनोद ढकाल, अनु खत्री, सविन बास्तोला र गीता अधिकारी लगायतका कलाकारहरूको अभिनय छ।
सञ्जित भण्डारी र मोनु खड्काको लगानी रहेको यस चलचित्रलाई आरआर फिल्मस्ले वितरण गर्नेछ। राजेन्द्र खड्गीको द्वन्द्व निर्देशन, रामशरण उप्रेती र रामकुमार केसीको छायाङ्कन, बनिष शाह र नविन चौधरीको सम्पादन रहेको यस चलचित्रमा रामकाजी घिमिरेको पटकथा तथा संवाद र स्याडो रियलको कथा तथा शब्द रहेको छ।
दाजुभाइको सम्बन्धको कथा भन्ने यस चलचित्रले दर्शकको मन जित्नेमा निर्माण पक्ष पूर्ण रूपमा ढुक्क देखिएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ८, शुक्रबार ११:१५चलचित्र ‘कुम्भ’ को रोमान्टिक गीत ‘स्पर्श’ सार्वजनिक
समाचार२०८३ जेष्ठ ८, शुक्रबार ०६:२७आजको मौसमःबागमती सहित ६ प्रदेशमा बर्षाको सम्भावना
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ७, बिहीबार १४:२०तत्काल ‘राष्ट्रिय ट्रमा नीति’ बनाउन सांसद कार्कीको माग
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ७, बिहीबार १२:४१ओएनएम सर्वे नहुँदा ‘प्रादेशिक अस्पताल’ समस्यामा









