विश्व बजारमा प्रतिष्पर्धा गर्ने समयानुकुल शिक्षामा जोड दिनुपर्छ:  प्रदेश प्रमुख भट्ट

विश्व बजारमा प्रतिष्पर्धा गर्ने समयानुकुल शिक्षामा जोड दिनुपर्छ:  प्रदेश प्रमुख भट्ट

पोखरा ।

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले विश्व बजारमा प्रतिष्पर्धा गर्ने समयानुकुल शिक्षामा जोड दिनुपर्ने बताएका छन् ।

सुदूरपश्चिम सम्पर्क समाज, पश्चिमाञ्चल क्याम्पस पोखराले आयोजना गरेको ‘पछ्याणः तेस्रो संस्करण’ कार्यक्रममा प्रमुख अतिथि भट्टले सक्षम युवा जनशक्ति तयार पार्न शैक्षिक संस्थाले गुणस्तरीय, व्यवहारिक र सीपमूलक शिक्षालाई प्राथमिकता दिनुपर्ने बताए । उनले अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलतालाई प्रोत्साहन गर्ने शैक्षिक वातावरण निर्माण गर्नुपर्नेमा पनि जोड दिए।

‘विज्ञान तथा प्रविधि अन्तर्गतको इञ्जिनियरिङ शिक्षाको महत्व विश्वभर नै उच्च छ । क्षमतावान प्राविधिकहरुको माग संसारमा बढिरहँदा हामीले प्राविधिक शिक्षालाई विश्वबजारमा प्रतिष्पर्धा गर्ने किसिमले स्तरवृद्धि गर्न आवश्यक पनि छ ।’ उनले भने।

दक्ष जनशक्ति विदेश पलायनको अवस्था भयावह हुँदै गएको बताउँदै उहाँले जनशक्ति पलायनको यो दुरावस्थालाई समयमै नियन्त्रण गर्न जरुरी रहेको बताए । ‘जनशक्ति पलायनको यो अवस्थालाई नियन्त्रणका लागि गतिलो आधार भनेको प्राविधिक शिक्षाको प्रभावकारी विकास नै हो ।’ उनले भने – ‘हरेक युवाले विदेशिनुलाई गौरव मान्ने मानसिकतालाई तोड्दै समृद्ध नेपाल निर्माणमा लाग्नुपपर्छ’

हरेक युवाले आफ्नो राष्ट्र प्रतिको दायित्वलाई मनन गर्दै समृद्ध नेपाल निर्माणका लागि अहोरात्र खटिनुपर्ने उहाँले बताउनुभयो । उनले थपे – ‘वास्तविक परिवर्तनका लागि समुदायका सबै तहका वर्ग र समूहको सहभागिता आवश्यक छ । यसमा सबैभन्दा सक्रिय र उर्जाशील तह भनेको युवा वर्ग हो ।’

‘युवाहरु कसैको उक्साहटमा नलागी, विरोध वा आन्दोलनमा सीमित नभई मुलुकलाई मनमा राखेर सामाजिक सेवा, ऐतहिासिक तथा सांस्कृतिक सम्पदा संरक्षण, प्रविधि प्रयोग र उद्यमशीलता जस्ता सकारात्मक गतिविधिमा सक्रिय भई समाज परिवर्तनमा योगदान दिनुपर्ने आवश्यकता छ ।’ उनले भने – ‘देश र समाजलाई संस्कार र मर्यादासहित आधुनिक युगमा डो¥याउने युवा वर्गले नै हो । तर, युवाहरू जागृत हुन बाँकी नै छ भन्ने महसुस भइरहेको छ ।’ भट्टले उच्च शिक्षा हासिल गरेका विद्यार्थीलाई आत्मनिर्भर बनाउनका लागि राज्यले उचित नीति र कार्यक्रम अवलम्वन गरी रोजगारी तथा अवसरको सिर्जना गर्न आवश्यक रहेको बताए ।

यो पनि पढ्नुहोस् :  गैरी गाउँ माविमा अभिभावक मनोपरामर्श तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न

प्रदेश प्रमुख भट्टले यस कार्यक्रमले विद्यार्थीहरुको सिर्जनशीलता, प्रतिभा तथा सांस्कृतिक चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै नेपालका इन्जिनियरिङ विद्यार्थीहरूलाई एकताबद्ध गर्न, उनीहरूका नवीन विचारहरू कार्यान्वयनका लागि प्रोत्साहित गर्न र मुलुकको संस्कृति र पर्यटनको प्रवद्र्धन गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उल्लेख गरे ।

‘पछ्याणः संस्कृतिसँग, पहिचानसँग’ मूल मन्त्रका साथ नेपालका ईञ्जिनियरिङ कलेजहरु र प्रविधि क्षेत्रमा उत्साही युवा विद्यार्थीहरुलाई सहभागी गराई झण्डै दुई सातासम्म विविध कार्यक्रम गरी सञ्चालन गरिएको आयोजकले जनाएको छ । सुदूरपश्चिमबाट अध्ययनका लागि पोखरा आएका विद्यार्थीहरु संगठित भएर सन् १९९७ मा यो समाज स्थापना गरेका हुन् ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20494, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 2   +   6   =  

Protected by Spam Master