पत्रकार सुमन ढुङ्गानालाई टान गण्डकीको सम्मान

पोखरा ।
पर्यटन क्षेत्रको विकासमा पत्रकारिता मार्फत उल्लेखनीय योगदान पुर्याए बापत ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीले पत्रकार सुमन ढुंगानालाई सम्मान गरेको छ । टान गण्डकीको ३२ औं साधारण सभाको अवसर पारेर टान गण्डकीले ढुंगानालाई सम्मान गरेको हो ।
न्यूज २४ टेलिभिजनका गण्डकी ब्युरो प्रमुख समेत रहेका ढुंगाना सहित पत्रकार बिमल तिवारी र सागर ढकाललाई पनि कार्यक्रममा सम्मान गरेको हो । पत्रकार ढुंगाना सहितलाई सम्मान गर्दै टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले ट्रेकिङ र समग्र पर्यटन क्षेत्रको विकासमा नेपाली पत्रकारिताको भूमिका निकै उल्लेखनीय रहेको बताए । सम्मान पछि आफ्नो धारणा राख्दै पत्रकार ढुङ्गानाले पत्रकारिता राष्ट्र, राष्ट्रियता, विकास, जनताको पक्षमा पक्षपाती रहेको र सधै रहनुपर्ने धारणा व्यक्त गरे ।
पोखराको वरपिपल रिसोर्टमा आयोजित ३२ औं साधारण सभा तथा सम्मान कार्यक्रमका वक्ताहरुले सडक निर्माण तथा विस्तारका क्रममा ट्रेकिङ रुटहरु मासिँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20511, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र १०, मंगलवार १७:००पोखरा-सिमरा हवाई सेवा सुचारु गर्न जोड
समाचार२०८२ चैत्र १०, मंगलवार ०७:५५पोखरामा अटो शो हुने
समाचार२०८२ चैत्र ९, सोमबार ००:००पूर्वी नेपालमा जाउँ है पोखरा अभियान
समाचार२०८२ चैत्र ८, आईतवार २३:५५पोखरामा जुवातास खेल्दै गरेका ११ जना तीन लाख ४६ हजार रूपैयाँसहित पक्राउ







