अन्तर्राष्ट्रिय स्तरको डल्बी एटमस साउन्ड मिक्सिङ तालिम सुरु

अन्तर्राष्ट्रिय स्तरको डल्बी एटमस साउन्ड मिक्सिङ तालिम सुरु

काठमाडौँ। नेपालमा पहिलोपटक अत्याधुनिक तथा अन्तर्राष्ट्रिय स्तरको डल्बी एटमस (Dolby Atmos) साउन्ड मिक्सिङ तालिम सुरु भएको छ। म्युजिक नेपालको आयोजना चलचित्र विकास बोर्डको सक्रिय सहयोग तथा सहकार्यमार भिजुअल सोसाइटी अफ नेपाल (AVSN) को सहआयोजनामा यो तालिम सुरु भएको हो।

म्युजिक नेपालद्वारा स्थापना गरिएको डल्बी अडियो साउन्ड मिक्सिङ स्टुडियो ‘सगरमाथा’ मा नेपाली चलचित्र क्षेत्रमा कार्यरत साउन्ड मिक्सिङ प्राविधिकहरूका लागि घनिभूत तालिम प्रदान गरिँदैछ। तालिम सञ्चालनका लागि भारतीय चलचित्र उद्योगका चर्चित तथा डल्बीबाट सर्टिफाइड साउन्ड इन्जिनियर भरत रेड्डी नेपाल आएका छन्।

भरत रेड्डीको नाम थ्री इडियट्स, सैयारा, पुष्पा, सितारे जमीन पर, थामा, धुरन्धर तथा आउन लागेको टक्सिक जस्ता चर्चित चलचित्रहरूसँग जोडिएको छ। उनी डल्बी सर्टिफाइड ट्रेनर हुन्।

तालिम सुरु हुनुअघि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र बोर्ड सदस्य वीरेन्द्रप्रसाद भट्टले भरत रेड्डीलाई फूलको गुच्छा र Filming in Nepal पुस्तक प्रदान गर्दै नेपालमा स्वागत गरे। सो अवसरमा अध्यक्ष डिसीले सहभागी प्राविधिकहरूलाई सक्रिय रूपमा ज्ञान आर्जन गर्न शुभकामना दिँदै यो तालिमले नेपाली चलचित्रको प्राविधिक गुणस्तरलाई विश्वस्तरमा पुर्‍याउने विश्वास व्यक्त गरे।

डल्बीबाट सर्टिफाइड म्युजिक नेपालको यो स्टुडियो दक्षिण एसियामा रहेका सीमित १० वटा स्टुडियोमध्ये एक हो भने नेपालकै पहिलो डल्बी एटमस साउन्ड मिक्सिङ स्टुडियो हो। घनिभूत तालिमपछि स्टुडियोको औपचारिक उद्घाटन माघ २ गते पिङ्गलास्थान, गौशाला, काठमाडौँमा नेपाली चलचित्रकर्मीहरूको उपस्थितिमा गरिने म्युजिक नेपालले जनाएको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 1   +   10   =  

Protected by Spam Master