बुवा–छोरीको कथाले तानेको रोहित कट्टेलको ‘मिरमिरे’ यात्रा

काठमाडौं । चलचित्र वितरक रोहित कट्टेल चलचित्र निर्माण क्षेत्रमा पनि सक्रिय भएका छन्। लामो समयदेखि वितरण व्यवसायमा संलग्न कट्टेल चलचित्र ‘मिरमिरे’ मा कार्यकारी निर्माताको रुपमा जोडिएका छन् । उनी चलचित्र वितरण कम्पनी आरआर फिल्म्सका सञ्चालकसमेत हुन्।
वितरणबाट निर्माणतर्फ किन आकर्षित भए भन्ने प्रश्नमा कट्टेलले चलचित्रको कथाले आफूलाई गहिरो रूपमा छोएको बताउँछन्। उनका अनुसार राम्रो कथाले नै आफूलाई निर्माणमा हात हाल्न प्रेरित गरेको हो।
कट्टेल भन्छन्, “निर्माणको हिसाबले मिरमिरे मेरो तेस्रो चलचित्र हो। निर्देशक यम शेर्पाले कथा सुनाउँदा नै यो कथाले मलाई आकर्षित गर्यो। राम्रो कथामा आधारित चलचित्र बनाउन प्रस्ताव आउँदा सहकार्य नगर्ने कारण देखिनँ, त्यसैले लगानी गर्ने निर्णय गरेँ।” कट्टेलले यस अघि चलचित्र ‘कृष्णलीला’ र ‘बिहेपास’ दुइ चलचित्र निर्माण गरि सकेका छन्।
बुवा–छोरीको सम्बन्धलाई केन्द्रमा राखिएको कथाले आफूलाई भावनात्मक रूपमा छोएको कट्टेलको भनाइ छ। “यो कुनै एक घरको मात्र कथा होइन, हामी सबै नेपालीले भोग्दै आएको, देख्दै आएको कथा हो,” उनी भन्छन्, “त्यही कारण यो कथासँग म तुरुन्तै जोडिएँ।”

आगामी दिनमा पनि राम्रो कथामा आधारित चलचित्र निर्माणका लागि आफू सधैं तयार रहने उनले बताए। वितरण होस् वा निर्माण, गुणस्तरीय चलचित्र दर्शकमाझ ल्याउनु आफ्नो दायित्व भएको कट्टेलको धारणा छ।
यम शेर्पाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘मिरमिरे’ भोली माघ १ गतेदेखि प्रदर्शनमा आउँदैछ। यार्सा फिल्म्स को प्रस्तुति रहेको यस चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, विमल यादव, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको अभिनय रहेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ ८, शुक्रबार ०६:२७आजको मौसमःबागमती सहित ६ प्रदेशमा बर्षाको सम्भावना
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ७, बिहीबार १४:२०तत्काल ‘राष्ट्रिय ट्रमा नीति’ बनाउन सांसद कार्कीको माग
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ७, बिहीबार १२:४१ओएनएम सर्वे नहुँदा ‘प्रादेशिक अस्पताल’ समस्यामा
खेलकुद२०८३ जेष्ठ ७, बिहीबार ०९:४७कोलकाताले मुम्बईलाई हरायो









