बोर्डले ४० करोड भुक्तानी दिएन, त्रिवि शिक्षण अस्पतालको स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौँ, १ माघ । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा कार्यक्रममार्फत उपचार सेवा बन्द गरेको छ । अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले आजदेखि स्वास्थ्य बिमामार्फत गराइने सबै उपचार सेवा बन्द गरिएको जानकारी दिए । स्वास्थ्य बिमा बोर्डले बिमा कार्यक्रममार्फत उपचार गराएको भुक्तानी उपलब्ध नगराउँदा बिमा कार्यक्रमलाई निरन्तरता दिन नसकिएको बताए ।
अस्पतालले स्वास्थ्य बिमामार्फत बीमितको उपचार गरेवापत बोर्डबाट करिब ४० करोड भुक्तानी लिन बाँकी रहेको छ । ‘स्वास्थ्य बिमामार्फत मासिक दुई करोड बराबरको सेवा उपलब्ध गराउँदै आएका थियौँ,’ सूचना अधिकारी रोस्याराले भने, ‘बीमितको उपचार गरेवापतको रकम समयमा उपलब्ध नहुँदा अस्पताल सञ्चालन गर्न समस्या भयो । आन्तरिक स्रोतबाट अस्पतालले सबै खर्च व्यहोर्नुपर्ने हुँदा मासिक दुई करोड घाटा खाएर स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्न नसकिएको हो ।’
अस्पतालले २०७७ सालदेखि नियमित रुपमा सञ्चालन गर्दै आएको स्वास्थ्य बिमा कार्यक्रममार्फत गरिने उपचार सेवा प्रदान गर्दै आएको थियो । बिमा वापतको रकम भुक्तानी गर्न बोर्डलाई दुई वर्षदेखि आग्रह गर्दा कुनै सुनवाइ नभएको सूचना अधिकारी रोस्याराले बताए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ ८, शुक्रबार ०६:२७आजको मौसमःबागमती सहित ६ प्रदेशमा बर्षाको सम्भावना
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ७, बिहीबार १४:२०तत्काल ‘राष्ट्रिय ट्रमा नीति’ बनाउन सांसद कार्कीको माग
खेलकुद२०८३ जेष्ठ ७, बिहीबार ०९:४७कोलकाताले मुम्बईलाई हरायो
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ७, बिहीबार ०९:०८आमाको जन्मदिनमा सुमनको अनुपम उपहार









