परिवर्तन’को ट्रेलर छोटो समयमै ११ लाखभन्दा बढी पटक हेरियो

काठमाडौं । फिल्म ‘परिवर्तन’को ट्रेलरले सार्वजनिक भएको छोटो समयमै दर्शकको उल्लेखनीय ध्यान तानेको छ। गत सोमबार सार्वजनिक गरिएको ट्रेलरलाई समाचार तयार पार्दासम्म ११ लाख २५ हजारभन्दा बढी पटक हेरिएको छ। ट्रेलरले १५ हजारभन्दा बढी लाइक पाएको छ भने १ हजार २३३ जनाले प्रतिक्रिया जनाएका छन्।
दर्शकहरूको प्रतिक्रियाबाट ट्रेलरप्रति सकारात्मक माहोल देखिन्छ। धेरैजसो कमेन्टमा फिल्मको एक्सन, संवाद र कलाकारहरूको अभिनयको प्रशंसा गरिएको छ। एक कमेन्टकर्ताले अभिनेता सुशील श्रेष्ठको एक्सन अवतार मन परेको उल्लेख गर्दै फिल्म सुपरहिट हुने विश्वास व्यक्त गरेका छन्। उनको सो प्रतिक्रियालाई सयौंले समर्थन गरेका छन्।
त्यसैगरी अर्का दर्शकले फिल्मका संवाद प्रभावशाली रहेको उल्लेख गरेका छन् भने गोपाल खड्काले सुवास मेचेको अभिनय मन परेको प्रतिक्रिया दिएका छन्। समग्रमा ट्रेलरले दर्शकमाझ बलियो ‘हाइप’ सिर्जना गरिसकेको देखिन्छ।
ट्रेलरप्रति दर्शकको उत्साहजनक प्रतिक्रियाबाट निर्माण टिम पनि खुशी देखिएको छ। ट्रेलरमा एक्सन–सस्पेन्स कथावस्तु, सशक्त द्वन्द्व दृश्य र पात्रहरूबीचको सम्बन्धलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ। सत्ताको आडमा आम नागरिकमाथि हैकम चलाउनेहरूको अन्ततः पतन हुन्छ भन्ने सन्देश ट्रेलरमार्फत निर्देशकले दिन खोजेका छन्।
फिल्ममा अभिनेता सुशील श्रेष्ठ सशक्त एक्सन अवतारमा प्रस्तुत भएका छन्। पछिल्लो समय उनलाई दर्शकले एक्सन स्टारका रूपमा लिन थालेका छन्। अभिनेत्री अञ्जना बराइलीसँग उनको केमेस्ट्री पनि ट्रेलरमा देख्न सकिन्छ। अञ्जना यस फिल्ममा प्रहरी इन्स्पेक्टरको भूमिकामा देखिएकी छन्, जुन उनको फरक र सशक्त भूमिकामध्ये एक हो।
ट्रेलरमा सुशील र अञ्जनाका साथै सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचे लगायतका कलाकारहरूलाई पनि देख्न सकिन्छ। निर्देशक विजय केरुङका अनुसार फिल्मले एक्सनसँगै सशक्त सामाजिक सन्देश पनि बोकेको छ।
दिव्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको ‘परिवर्तन’ एक्सन–सस्पेन्स विधाको चलचित्र हो। दीपक शिवाकोटीको कथा तथा निर्माण रहेको यस फिल्मको पटकथा र संवाद शिवम् अधिकारीले लेखेका हुन्। बन्दे प्रसादको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, एसडी योगीको संगीत तथा श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ।
चलचित्र ‘परिवर्तन’ आगामी माघ ९ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ। फिल्मको वितरण आरआर फिल्म्सले गरेको हो भने ओएसआर डिजिटलले सहकार्य गरेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन १९, मंगलवार ०७:५६भुल्केगाउँका स्थानीयको पानीको समस्या अन्त्य
स्वास्थ्य/जानकारी टिप्स२०८२ फाल्गुन १९, मंगलवार ०७:४६एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा
समाचार२०८२ फाल्गुन १९, मंगलवार ०६:४८मौन अवधि सुरु, केके गर्न पाइँदैन ?
समाचार२०८२ फाल्गुन १८, सोमबार २०:०३आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध








