‘बिगुल’ फागुन १ मा प्रदर्शन हुने

‘बिगुल’ फागुन १ मा प्रदर्शन हुने

काठमाडौं । नेपाली चलचित्र ‘बिगुल’को नयाँ प्रदर्शन मिति तय भएको छ । फिल्म यही फागुन १ गतेबाट देशव्यापी रूपमा प्रदर्शनमा आउने जानकारी कथाकार तथा निर्माता दिनेश कोइरालाले दिएका छन् ।

रमेश कोइरालाको निर्देशनमा तयार भएको यस चलचित्रमा बेनिशा हमाल, नरेन खड्का, नीर शाह, रमेश बुढाथोकी, विनोद न्यौपाने, शिशिर बाङ्देल, हेमन्त बुढाथोकी, गीता अधिकारी, रविन्द्र खड्कालगायत नवअभिनेत्री मीरा पण्डित मुख्य भूमिकामा छन् ।

देशको वर्तमान राजनीतिक अवस्था, आम नेपालीको जनभावना तथा समसामयिक परिस्थितिसँग मिल्दोजुल्दो विषयवस्तुमा आधारित यस फिल्मका गीत, टिजर र ट्रेलरले दर्शकको राम्रो प्रतिक्रिया पाइरहेका छन् । दर्शकले प्रतीक्षा गरिरहेको यस फिल्ममा शिव ढकालको छायांकन, एनबी महर्जनको द्वन्द्व निर्देशन र तारा थापा किम्भेको सम्पादन रहेको छ । गीतमा विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत रहेको छ भने पटकथा तथा संवाद प्रदीप भारद्वाज र मौनता श्रेष्ठले लेखेका हुन् ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 2   +   5   =  

Protected by Spam Master