‘श्री बुकुरो : द होम कलिङ’ फागुन १ मा

काठमाडौँ। सुदीप भुपाल सिंह निर्देशित सिनेमा ‘श्री बुकुरो : द होम कलिङ’को प्रदर्शन मिति घोषणा गरिएको छ । सोमबार सिनेमाको एक पोस्टर सार्वजनिक गर्दै आगामी फागुन १ गतेबाट देशव्यापी प्रदर्शनमा आउने जानकारी दिइएको हो ।
सिनेमामा अभिनय गरेका सम्पूर्ण मुख्य कलाकार समावेश सिनेमाको सोमबार सार्वजनिक स्केच पेन्टिङ पोस्टर आर्कषक देखिन्छ । यसले सिनेमाप्रति दर्शकको ध्यान खिच्न सफल हुने विश्वास छ । विशुद्ध पारिवारिक तथा मनोरञ्जनात्क सिनेमा ‘श्री बुकुरो’ बाट निर्देशक सुदीप भुपाल सिंह ७ बर्षपछि निर्देशन फर्किएका हुन् । यसअघि उनले ‘माला’ र ‘रुद्रप्रिया’को निर्देशन गरेका थिए । पछिल्लो समय सामाजिक पारिवारिक सिनेमाले दर्शकको मन जितिरहेको अवस्थामा ‘श्री बुकुरो’को विशुद्ध पारिवारिक कथालाई दर्शकले रुचाउने विश्वास निर्देशक सिंहको छ ।
फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको सिनेमामा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्माको अभिनय छ । निर्देशक सिंह स्वयंको लेखन रहेको सिनेमालाई रुबी सेन सिंहले निर्माण गरेकी हुन् ।
सुरज तामाङ र प्रवीण सिंहको कोरियोग्राफी, आईड्रिम एनिमेसनको भिएफएक्स, मनोरञ्जन श्रेष्ठको कलर, बनिष शाह, चन्दन दत्त र परिच्छेद सेनको सम्पादन, सञ्जय लामा र राजेश श्रेष्ठले छायांकन रहेको सिनेमाको मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंमा छायांकन गरिएको हो ।
सिनेमाको गीतमा रञ्जीत गजमेर, बसन्त सापकोटा र विक्रम कार्कीको संगीत तथा शिव परियार, विशेष पौडेल, युक्ति बिमली, सविन सुवेदी र सन्देश पौडेलको स्वर सुन्न सकिन्छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ जेष्ठ ३, आईतवार ०६:५५कोलकाताले गुजरातलाई हरायो, आज दुई खेल हुँदै « रिपोर्टर्स नेपाल
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
समाचार२०८३ जेष्ठ २, शनिबार १७:१५नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
खेलकुद२०८३ जेष्ठ २, शनिबार १२:२४साफ खेल्ने नेपाली टोलीको घोषणा,कप्तानीमा एञ्जिलाको पुनरागमन









