चलचित्र विकास बोर्डको पाँचदिने ‘सिनेमा साक्षात्कार’ कार्यक्रम तनहुँमा

तनहुँ । चलचित्र विकास बोर्डद्वारा आयोजना गरिएको पाँचदिने ‘सिनेमा साक्षात्कार’ कार्यक्रम तनहुँ जिल्लामा सुरु भएको छ। माघ २ गतेदेखि प्रारम्भ भएको यस कार्यक्रम अन्तर्गत सिनेमाहल नपुगेका स्थानमा घुम्ती सिनेमा प्रदर्शन, स्थानीय जनप्रतिनिधिसँग संस्कृति तथा चलचित्र पर्यटनसम्बन्धी छलफल, साथै विद्यार्थीसँग चलचित्रकर्मी संवाद कार्यक्रम सञ्चालन भइरहेको छ।
कार्यक्रम म्याग्दे गाउँपालिका, बन्दिपुर गाउँपालिका तथा व्यास नगरपालिकाका केही वडाहरूमा सञ्चालन भइरहेको छ। कार्यक्रमअन्तर्गत नेपाली चलचित्र ‘कोसेढुंगा’, ‘रंगी’ तथा लघुचलचित्र ‘खुशी’ प्रदर्शन गरिएको छ, जसले स्थानीय दर्शकहरूमा नेपाली चलचित्रप्रतिको उत्साह, चासो र सहभागिता उल्लेखनीय रूपमा बढाएको छ।
कार्यक्रममा सहभागी चलचित्रकर्मीहरूलाई स्थानीय समुदायले परम्परागत सांस्कृतिक पहिरन र रोधी संस्कृतिसहित भव्य स्वागत तथा सम्मान गरेका छन्, जसले स्थानीय संस्कृति र चलचित्रबीचको सम्बन्धलाई अझ सुदृढ बनाएको छ।
उक्त कार्यक्रममा चलचित्र ‘कोसेढुंगा’ का निर्माता तथा कलाकार दिनेश खड्का,चलचित्र लेखक तथा निर्देशक जनक खड्का, चलचित्र व्यवस्थापक सुवासराज काफ्ले, चलचित्र सम्पादक तथा ड्रोन पाइलट नहकुल खड्का, साथै चलचित्र विकास बोर्डका अधिकृत हरिसिंह रैखोला लगायतको टोलीले कार्यक्रम सञ्चालन गरिरहेको छ।
कार्यक्रमका क्रममा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले चलचित्रकर्मीहरूसँग संवाद गर्दै चलचित्रमार्फत पर्यटन प्रवर्द्धन गर्न स्थानीय तह सधैँ सकारात्मक र प्रतिबद्ध रहेको बताए। उनले पालिकाभित्र रहेका पर्यटन सम्भावना भएका स्थान तथा चलचित्र छायांकन स्थलहरूको विकास, संरक्षण र प्रवर्द्धनका लागि नीति तथा बजेटमार्फत धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थलहरूलाई प्राथमिकताका साथ अघि बढाइएको जानकारी दिए।
स्थानीय तह, विद्यार्थी र चलचित्रकर्मीबीच प्रत्यक्ष अन्तरक्रिया गराउँदै चलचित्र संस्कृतिको विस्तार, पर्यटन प्रवर्द्धन तथा ग्रामीण क्षेत्रमा सिनेमा पहुँच विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रमले नेपाली चलचित्रको महत्व, सम्भावना र सामाजिक भूमिकाबारे जनचेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २२, आईतवार २१:२९गणेश पाण्डेको डकुमेन्ट्री ‘द एभरेस्ट ड्रीम’ प्रिमियर
समाचार२०८२ चैत्र २२, आईतवार १९:५९ओली र लेखकलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति
समाचार२०८२ चैत्र २२, आईतवार १८:०१डिजिटल प्रणालीमार्फत स्थानीय विपद् व्यवस्थापनलाई छिटो र प्रभावकारी बनाइँदै
स्वास्थ्य/जानकारी टिप्स२०८२ चैत्र २२, आईतवार ११:१३गुल्मीमा निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार तीन सय लाभान्वित








