संस्कृत युवा मञ्चद्वारा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

पोखरा । संस्कृत युवा मञ्च नेपालद्वारा आयोजित वक्तृत्वकला प्रतियोगिता मंगलबार बिन्ध्यवासिनी मन्दिरको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संस्कृत भाषा, साहित्य तथा संस्कृत शिक्षाको महत्वबारे विद्यार्थीहरूलाई सचेत र अभिप्रेरित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
कार्यक्रम संस्कृत युवा मञ्च नेपालका अध्यक्ष महेन्द्र पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रमका संयोजक केशब गौतम रहनुभएको थियो भने गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. इन्द्रप्रसाद तिवारी प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

कार्यक्रममा उपाध्यक्ष भवानी शंकर शर्माले स्वागत मन्तव्य व्यक्त गर्दै संस्कृत शिक्षाले नैतिकता, अनुशासन र जीवनमूल्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। कार्यक्रमको सञ्चालन सचिव लक्ष्मण पौडेलले गर्नुभएको थियो।
वक्तृत्वकला प्रतियोगिताको मूल्यांकनका लागि गठित निर्णायक मण्डलमा संयोजक प्रा.डा. जगन्नाथ रेग्मी, सह–प्राध्यापक डा. भोलानारायण रेग्मी तथा उप–प्राध्यापक डा. श्रीधर न्यौपाने रहनुभएको थियो। निर्णायक मण्डलले विषयवस्तु, भाषिक शुद्धता, प्रस्तुतीकरण शैली तथा आत्मविश्वासका आधारमा मूल्यांकन गरिएको जानकारी दिएको छ।
प्रमुख अतिथि प्रा.डा. इन्द्रप्रसाद तिवारीले वर्तमान समाजमा देखिएको नैतिक विचलन सुधार गर्न संस्कृत शिक्षा प्रभावकारी माध्यम बन्न सक्ने उल्लेख गर्नुभयो। उहाँले संस्कृत केवल भाषा मात्र नभई जीवनपद्धति भएको बताउँदै विद्यालय तहदेखि नै यसको प्रवर्द्धन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो। निर्णायक मण्डलको निर्णयअनुसार बिन्ध्यवासिनी माध्यमिक विद्यालय, पोखरा–१६ की छात्रा प्रजिना छन्त्याल प्रथम स्थान हासिल गर्न सफल भइन्। त्यस्तै, सिर्जना माध्यमिक विद्यालय पोखरा–८ की साल्मीका आचार्य द्वितीय तथा अमरसिंह माध्यमिक विद्यालय पोखरा–१२ की नितु भट्टराई तृतीय स्थानमा विजयी भएका छन्।

विजयी तथा सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रमको समापन सत्रमा वक्ताहरूले यस्ता शैक्षिक तथा सांस्कृतिक गतिविधिले विद्यार्थीहरूमा नेतृत्व क्षमता, आत्मविश्वास र भाषिक दक्षता विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र २८, शनिबार १६:१०जेनजी घाइतेलाई निःशुल्क एमबीबीएस नियम विपरीत छैन : शिक्षा मन्त्रालय
खेलकुद२०८२ चैत्र २८, शनिबार १०:११म्याड्रिडको उपाधि यात्रामा धक्का
समाचार२०८२ चैत्र २८, शनिबार ०८:०१न्यायिक प्रणालीलाई व्यवस्थित बनाउँदै समुदायमै छिटो र सहज न्याय दिने काम गरिरहेका छौं : उपाध्यक्ष अर्याल
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २८, शनिबार ०७:२७चलचित्र ‘कुम्भ’ को पहिलो गीत सार्वजनिक







